प्रदेश

सडक डिभिजन कार्यालय बुटवलको सिफारिसमा २ सहित १७ निर्माण कम्पनी कालो सूचीमा



बुटवल, १८ जेठ । सडक डिभिजन कार्यालय बुटवलको सिफारिसमा सयमै काम सम्पन्न नगरेका दुई निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले १ वर्षका लागि कालोसूचमा राखेको छ । नवलपरासीको सरावलस्थित धनेवा खोला पुल भुजहवामा काम सम्पन्न नगरेपछि २ निर्माण कम्पनीलाई कालोसूचीका लागि सिफारिस गरिएको डिभिजन कार्यालय बुटवलले जनायो ।

कालोसूचमा पर्ने कम्पनीहरु मैनाचुली निर्माण सेवा र बोखिम कन्स्ट्रक्सनलाई कारबाहीसहित कालोसूचीमा राखिएको हो । आर्थिक वर्ष २०६८/६९ सालमा ठेक्का सम्झौता भई पुल निर्माणका काम भएपनि स्टिमिट अनुसारको काम पूरा नहुँदा ती कम्पनीहरुलाई कालोसूचीमा राख्नु परेको डिभिजन कार्यालयका सूचना अधिकारी तथा ईन्जिनीयर महेश्वर लम्सालले जानकारी दिए । ४ करोड बढीको योजना अन्तरगत पुल निर्माण भए पनि अन्य काम बाँकी रहेको छ । मैनाचुलीका मुख्य व्यक्ती मदन अधिकारी र लोकबहादुर अधिकारी रहेका छन् भने बोखिमका मुख्य व्यक्ती बिनोद बोहोरा हुन् ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १७ वटा कम्पनीलाई सरकारको कालो सूचीमा राखेको हो । जेठ १७ गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा १ बमोजिम आज शुक्रारबाट लागू हुने गरे, १ देखि ३ वर्षसम्मका लागि निर्माण कम्पनीहरूलाई कालो सूचीमा राखिएको हो । निर्माण कम्पनी तथा आपूर्ति कर्ताहरूले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने ब्यहोरा सूचनामा उल्लेख छ ।

प्रकाशित : १८ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६