प्रदेश

१८ लाख बराबरको मोबाइल डिस्प्ले बरामद



खजुरा, १८ जेठ । बाँके प्रहरीले नेपालगन्ज उपमहानगरपालिका २० स्थित राँझा विमानस्थलबाट १८ लाख रुपियाँ बराबरको मोबाइलको कम्बो डिस्प्ले बरामद गरेको जनाएको छ । प्रहरीले शुक्रबार विमानस्थल भित्रबाट १८ लाख रुपियाँ बराबरको खरिद बिक्रीको बिल बिजक नभएको सात सय २० थान मोबाइलको कम्बो गिस्प्ले बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवम् प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीका अनुसार खरिद बिक्री बिल बिना नै नेपालगन्जबाट काठमाडौँ विमानमार्फत कुरियर गरेर पठाउन लागिएको अवस्थामा मोबाइलको कम्बो डिस्प्ले बरामद गरिएको हो । पठाउने व्यक्तिका बारेमा अनुसन्धान गरेर कारबाही प्रक्रिया अगाडी बढाइने उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नं। ११ बाट अन्दाजी दुई लाख ८७ हजार रुपियाँ बराबरको अवैध लेडिज कुर्ता, सुरुवाल र लुङ्गी बरामद गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं। ३ बाट ४४ हजार ६ सय ४० रुपियाँ बराबरको तीन सय ७२ थान चप्पल समेत बरामद गरेको बाँके प्रहरीले जनाएको छ ।

मोबाइलको कम्बो डिस्प्ले, कुर्ता सुरुवाल तथा चप्पल गरी कुल २१ लाख ३१ हजार ६ सय ४० रुपियाँ बराबरको सामान बरामद गरेको र बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय पठाइएको बाँके प्रहरीले जनाएको छ ।

प्रकाशित : १८ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६