प्रदेश

लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा कपिलवस्तुका खनाल नियुक्त



हरि घिमिरे, १८ जेठ । लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा सरोज खनाललाई नियुक्त गरेको छ । शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले खनाललाई नियुक्त गर्ने निर्णय गरेको हो । बाणगङ्गा नगरपालिका वडा न. ८, कपिलवस्तु निवासी खनाल शिक्षा, स्वास्थ्य र सहकारी क्षेत्रमा लामो समय काम गरेको अनुभव बटुलेका व्यक्ति हुन् ।

अघिल्लो सरकारको पालामा नियुक्त भएका प्रदेश योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसीले राजीनामा दिएपछि प्रदेश योजना अयोग पदाधिकारी विहीन भएको थियो ।
 
मुख्यमन्त्री महराले आफ्नो सचिवालयमा दुई जना विज्ञलाई नियुक्त समेत गरेका छन् । पूर्वाधार विज्ञको रूपमा पवन बराल र अर्थ तथा विकास विज्ञको रुपमा सुुशान्त बैद्दिकलाई नियुक्त गरेका हुन् ।


यस्तै प्रदेशले यही जेठ २१ गते आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम ल्याउने भएको छ । प्रदेश मन्त्रिपरिषद्को  बैठकले प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय गरेको हो ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रदेश प्रमुख अमिक शेरचनलाई आमन्त्रण गर्ने निर्णय भएको स्वास्थ्य मन्त्री दिपेन्द्र पुनले जानकारी दिए । 

यस्तै प्रदेश मन्त्री परिषद् बैठकले प्रदेश सरकार मातहतमा रहेका अस्पतालहरुको प्रमुखहरुको सरुवा समेत गरेको छ । जस अन्र्तगत गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट किशोर बञ्जाडेलाई कपिलवस्तु अस्पतालमा सरुवा गरिएको छ । भीम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मोहमद नुरुल होदालाई पृथ्वीचन्द्र अस्पताल परासी र डा. सकुन्तला गुप्ता लुम्बिनी प्रादेशिक अस्पतालबाट भीम अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टको रुपमा सरुवा गरिएको स्वास्थ्य मन्त्री पुनले जानकारी दिए । यस्तै लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको रुपमा डा. इन्द्र ढकाललाई बनाउने निर्णय भएको छ ।

प्रकाशित : १८ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६