प्रदेश

कपिलवस्तुमा नालामा फालिएको अवस्थामा एकको शव फेला



कपिलवस्तु, १९ जेठ । नालामा फालिएको अवस्थामा एकको शव फेला जिल्लाको शुद्धोधन गाउँपालिका ६ बेलभरीया गाउँको दक्षिण मर्थी खोलाको नालामा फालिएको अवस्थामा एक जना पुरुषको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलका अनुसार अनुहारमा ढुङ्गाले हानेर हत्या गरी नालामा फालिएको अवस्थामा करिब ३० वर्षीय पुरुषको शव फेला परेको बताउनुभयो । मृतक पुरुषको मुखमा गहिरो चोट देखिएको र शव नजिकै ढुङ्गा समेत फेला परेको उहाँको भनाइ छ ।

शवको पहिचान भने खुल्न नसकेको र शवलाई पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको प्रहरी उपरीक्षक पौडेलले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

प्रकाशित : १९ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६