कपिलवस्तु, १९ जेठ । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ बाणगङ्गा नगरको अध्यक्षमा पुनः विश्व कार्की चयन हुनुभएको छ । शनिबार बाणगङ्गाको नन्दनगरमा भएको महासंघ बाणगङ्गाको दोस्रो नगर अधिवेशनले कार्कीलाई अध्यक्षमा सर्वसम्मत दोहोर्याएको छ । कार्की आगामी चार वर्षका लागि अध्यक्षमा चयन हुनुभएको हो ।
जसको उपाध्यक्षमा सन्जु सेन, सचिवमा खडानन्द गौतम, सह सचिवमा पुष्पा भण्डारी र कोषाध्यक्षमा कल्पना पौडेल चयन हुनुभएको छ । यस्तै सदस्यहरूमा यमकुमारी गाह, प्रेम पौडेल, नवराज पन्त, विष्णु वि. सि. र शान्ता न्यौपाने चयन हुनुभएको निर्वाचन मण्डलका संयोजक धुर्व बेल्बासेले बताउनुभयो ।
नवनिर्वाचित अध्यक्ष कार्कीले आफूले विगतमा पनि हरेक परिवारको घरघरमा सुरक्षित खानेपानी पुर्याउन सक्रिय रुपमा लागेको स्मरण गर्दै त्यसलाई अझ सशक्त ढङ्ग बाट लैजाने बताउनुभयो ।
प्रतिक्रिया