प्रदेश

दाङको स्वर्गद्वारी गुठी पीडितमाथि अश्रुग्याँस प्रहार, ४ जना घाइते



दाङ, २० जेठ । स्वर्गद्वारी आश्रमको जग्गामा मोहि कायम भएका दाङका किसानहरुले मोहिकायम भएको जग्गाको माग गर्दै घोराहीमा रहेका मालपोत कार्यालय र नापी कार्यालयमा तालाबन्दी गरेपछि भएको झडपमा परि केहि किसानहरु घाइते भएका छन् । दुवै कार्यालयमा तालाबन्दी गरेपछि ताला खोल्न गएको प्रहरीसँग प्रर्दशनकारी किसानको झडप भएको हो ।

प्रहरिले केहि सेल अश्रृ ग्याँस प्रहार गरेको र ४ जना किसानहरु घाइते भएको स्वर्गद्वारी गुठी पिडित सँघर्ष समितिले जनाएको छ । सरकारले पटकपटक आफुहरुसंग सम्झौता गरेपनि कार्यान्वयन नगरेका कारण दवाव स्वरुप तालाबन्दी गर्नु परेको गुठि पीडित किसान संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले जानकारी दिनुभएको छ । स्वर्गद्वारी गुठि पीडित किसानहरुले दाङको घोराहीमा रहेको मालपोत कार्यालय र नापी कार्यालयमा कार्यालय खुल्ने समयमा तालाबन्दी गरेका हुन् ।

तालाबन्दी भएका मालपोत र नापी दुवै कार्यालयलाई आन्दोलनकारीहरुले घेरेका थिए भने आन्दोलनकारीलाई भगाउन प्रहरीले लाठी चार्ज तथा अश्रुग्यास प्रहार गरेको थियोे ।

प्रकाशित : २० जेष्ठ २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६