अर्थ-वाणिज्य

जनमत र नाउपालाई सरकारमा भित्र्याउने कसरत



,
काठमाडौं २९ जेठ । सत्तारुढ गठबन्धनमा सहमति जुट्न नसक्दा जनमत र नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा भित्र्याउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रयासमा विलम्ब भएको छ । आफूलाई विश्वासको मत दिएका दलहरूलाई सरकारमा समेट्नेगरी प्रधानमन्त्रीले गृहकार्य बढाएपनि सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच कुरा नमिल्दा ढिलाइ भएको हो ।
नाउपा र जनमतलाई सरकारमा ल्याउने विषयमा प्रधानमन्त्रीले शीर्ष तहमा छलफल गरिरहेको माओवादी केन्द्रका सचिव दिनानाथ शर्माले बताए ।उनले भने, ‘यो विषयमा प्रधानमन्त्रीले गठबन्धन दलसँग छलफल गरिराख्नुभएको छ । छलफलमा भएकाले होला उहाँले पार्टीभित्र भने अहिलेसम्म छलफल गर्नुभएको छैन । चाँडै निकास निस्केला ।’मन्त्रिपरिषद् पुनर्गठनमा छलफल भइरहेको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।उनले भने, ‘यो विषयमा प्रधानमन्त्री र पार्टी नेतृत्वबीच छलफल भइरहेको छ । जनमतको पार्टी अध्यक्ष बाहिर हुनुहुन्थ्यो अब फर्किनुभएको छ अब टुंगिन्छ होला ।’

दुई पार्टीलाई सरकारमा ल्याउन प्रधानमन्त्रीले एकरएक मन्त्री फिर्ता बोलाउन गरेको प्रस्ताव एमालेले नमानेको हो रु भन्ने जिज्ञासामा उनी भन्छन्, ‘त्यस्तो होइन । मन्त्रालय खाली भएको भए त थप गर्न सकिन्थ्यो । कुन पार्टीबाट कति मन्त्री फिर्ता बोलाउने कि के गर्ने भन्ने विषयमा छलफल भइरहेको छ । तर, निर्णय भएको छैन ।’

जनमत र नाउपालाई सरकारमा ल्याउन प्रधानमन्त्री प्रचण्डले एमालेसँग एक(एक मन्त्री फिर्ता बोलाउनेगरी ओलीसँग राखेको प्रस्ताव अस्वीकार गरेको बताइन्छ । एमाले तयार नभएपछि प्रचण्डले माओवादीबाटै दुई मन्त्री फिर्ता बोलाउने विकल्पमा समेत छलफल गरिरहेको एक नेताले सुनाए । प्रचण्डले नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय दिने बचन दिइसकेका छन् ।

पर्यटन मन्त्रालयमा अहिले माओवादीकै हितबहादुर तामाङ मन्त्री छन् । उनैलाई फिर्ता बोलाउने माओवादीको तयारी छ । त्यसो त माओवादीमा अर्थमन्त्री वर्षमान पुनबाहेक सबै पुराना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउनेबारे पनि छलफल भइरहेको छ ।

गत साता नेपाल प्रेससँग कुरा गर्दै नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले आफू पर्यटन मन्त्रालय लिएर एक साताभित्र सरकारमा सहभागी हुने बताइएकी थिइन् । उनले आफ्नो पार्टीले पर्यटन मन्त्रालयसहित एक राज्यमन्त्री पाउने सहमति बनेको बताएकी थिइन् ।जनमत पार्टीका प्रवक्ता शरद यादवले अब सरकारमा जानेबारे छलफल हुने बताए ।उनले भने, ‘अध्यक्षज्यू फर्किसक्नुभएको छ । अब गठबन्धन दलमा छलफल गरेर सरकारमा जाने निर्णय हुन्छ होला । एउटै गठबन्धनमा भएपछि सरकारमा नजाने भन्ने कुरा हुँदैन ।’पार्टीले कुन मन्त्रालय लिएर सरकारमा जाने भन्ने विषयमा गठबन्धन दलसँगको छलफलपछि मात्रै टुंगिने उनले सुनाए ।

माओवादीका सचिव गणेश शाहले जनमत र नाउपालाई सरकारमा भित्र्याउनेबारे दलहरूबीच बसेर औपचारिक निर्णय गर्न बाँकी रहेको बताए ।
उनले भने, ‘गठबन्धन दलहरूबीच छलफल भइरहेको छ । कुरा मिलिसकेको छैन । दुई पार्टीलाई भित्र्याउने भएपछि माओवादी र एमालेले एक(एक मन्त्रालय त छाड्नुपर्ने भइहाल्छ नि १ पहिलो जसपाले लिएको मन्त्रालय उपेन्द्रजीले छाडेपनि उहाँहरूलाई नै दिइएको छ ।’

उनले जनमत र नाउपालाई एक(एक वटाभन्दा धेरै मन्त्रालय दिने सम्भावना नरहेको पनि प्रष्ट पारे । तर, दुई पार्टीलाई सरकारमा भित्र्याउने विषयमा एमाले तयार भएपनि मन्त्री फिर्ता बोलाउने विषयमा कुरा मिलिनसकेको उनको भनाइ छ ।

ती नेताले भने, ‘एमालेले मन्त्री फिर्ता बोलाउन असहज मानिरहेको छ । त्यसैले हामीले नीतिगत सहमति गरेर जाऔं भनेका छौं । त्यही विषयमा गृहकार्य भइरहेको छ । माओवादी र एमालेले एकर फिर्ता लिने सम्भावना छ तिनेता ले भने ।

प्रकाशित : २९ जेष्ठ २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६