अर्थ-वाणिज्य

अत्याधुनिक हतियार सहित ८ पक्राउ : पेशेवर लुटेरा रहेको आशंका




कपिलवस्तु २२ असार ।अत्याधुनिक हतियार सहित जुम्लामा आठ जना पक्राउ परेका छन् । पातारासी गाउँपालिका–३ महरीगाउँको चने लेख नजिककै पाटनबाट अत्याधुनिक हतियार सहित आठ जना पक्राउ परेका हुन् ।पक्राउ पर्नेमा पातारासीका नवराज बुढा, धनप्रसाद भण्डारी, पुर्णप्रसाद भण्डारी, राम अधिकारी, मानबहादुर बुढा, कमल थापा, वीरबल बोहरा र पशे गणेश भण्डारी छन् ।कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली, मुगु जिल्ला प्रहरी कार्यालय र जुम्ला प्रहरी कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको हो ।उनीहरूको साथबाट एसएलआर १ थान, २ थान म्याग्जिन, २५ राउण्ड गोली, कटुवा पेस्तोल १ थान, ३ थान ओकेटोके, १ थान बाइनाकुलर, ५ सेट आर्मीको ड्रेस, केटीले लगाउने कालो सल १ ब्रूस लको ट्रेकिङ झोला बरामद गरिएको छ ।

गत जेठ १४ गते मुगुम कार्मारोङ गाउँपालिका–१ डोल्पु गाउँका स्थानीयहरू यार्सागुम्बा सकंलन गर्न गएको मौका छोपेर आठ जनाको हतियारधारी समूहले घरमा लुटपाट गरेका थिए ।उक्त समूहले दुईवटा आधुनिक हतियार अन्य घरेलु हतियार देखाउँदै स्थानीयका घर घरमा तलासी गर्दै गरगहना सामान र नगद लुटेर लगेका थिए । त्यसपछि प्रहरीले लुटेराहरूको खोजी जारी राखेको थियो ।

साथै, विगत तीन वर्षदेखि जुम्ला, डोल्पा र मुगु जिल्लामा यार्सागुम्बा लुटपाट हुँदै आए पनि अहिलेसम्म त्यो समूह पक्राउ पर्न सकेको थिएनन् । अहिले पक्राउ परेको समूहमाथि त्यही हो की भनेर

प्रकाशित : २३ असार २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६