अर्थ-वाणिज्य

भन्सार राजश्व : भैरहवामा घटदै कोइलाबासमा निरन्तर बढ्दै




भैरहवा ४ साउन
भैरहवा भन्सार कार्यालय रुपन्देहीले लक्ष्यको ६३ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले भैरहवा भन्सार कार्यालयलाई आर्थिक वर्ष २०८०–८१ मा एक खर्ब २७ अर्ब ८४ करोड रुपियाँ राजस्व उठाउने लक्ष्य दिएकोमा ७३ अर्ब ८३ करोड मात्र सङ्कलन भएको हो । भैरहवा भन्सारले अघिल्लो आर्थिक वर्षमा भन्दा तीन करोड ६ अर्व कम राजस्व सङ्कलन गरेको छ । भैरहवा भन्सार कार्यालय सूचना अधिकारी नरेन्द्र प्रसाद चौधरीले राजस्व सङ्कलन निराशाजनक रहेको बताउनुभयो । खासगरी भैरहवामा पछिल्लो समय पेट्रोलियम पदार्थ, गाडी, मोटरसाइकल आयातमा कमी भएको छ । धेरै वस्तुको आयात घटेका कारण राजस्व सङ्कलनमा कमी आएको उहाँको भनाइ छ ।
उता दाङको कोइलाबास भन्सार कार्यालयले आर्थिक वर्ष २०८०÷०८१ मा लक्ष्यभन्दा ३९ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । जिल्लाको भन्सार कार्यालय रहेको कोइलाबास नाकामा चहलपहल बढ्दै जाँदा राजस्व सङ्कलनमा वृद्धि हुँदै गएको हो । आर्थिक वर्ष २०८०÷०८१ एक करोड तीन लाख ३८ रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको कोइलाबास भन्सार कार्यालयले असार मसान्तसम्म एक करोड ४० लाख ७६ हजार ९० रुपियाँ राजस्व सङ्कलन गरेको कोइलाबास भन्सार कार्यालयका प्रमुख दीपक शर्माले जानकारी दिनुभएको छ । गत आर्थिक वर्षको तुलनामा ४४ लाख ३५ हजार दुई सय ७८ रुपियाँ बढी हो । प्रत्येक बर्ष लक्ष्यभन्दा बढी राजस्व सङ्कलन हुँदै गएपछि कोइलाबास भन्सार कार्यालय आर्थिक वर्ष २०८१÷०८२ मा एक करोड ६३ लाख ६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ ।

प्रकाशित : ५ श्रावण २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६