अर्थ-वाणिज्य

एमालेका संसद गैरे सभापतिमा उम्मेदवार बन्दै




पाल्पा ३० साउन । संघीय संसदको संयुक्त समितिको रुपमा रहेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा एमालेले ठाकुर गैरेलाई उम्मेदवार बनाउने भएको छ ।

सुरुमा राष्ट्रिय सभा सदस्य तुलसाकुमारी दाहाललाई उम्मेदवार बनाउने गरी छलफल चलेपनि प्रतिनिधि सभा सदस्यबाटै सभापति बनाउनुपर्ने मत बलियो भएपछि गैरेलाई समिति सभापतिको उम्मेदवार बनाउन लागिएको एमालेका एक नेताले जानकारी दिए ।सभापतिका लागि बुधबार उम्मेदवारी दर्ता हुँदैछ । संघीय संसद् सचिवालयले बुधबार दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ ।
उम्मेदवारहरुको नामावली बुधबार दिउँसो ४ बजे सार्वजनिक हुने सचिवालयले जनाएको छ । बिहीबार नै संसदीय सुनुवाइ समितिको सभापतिका लागि समेत निर्वाचन हुँदैछ ।

प्रकाशित : ३० श्रावण २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६