अर्थ-वाणिज्य

भूमि समस्या समाधान आयोग गठनमा परराष्ट्र मन्त्री देउवा र भुमि ब्यबस्था मन्त्री अधिकारी बिच सहकार्य




काठमाडौँ ३१ साउन । परराष्ट्रमन्त्री डा आरजु देउवा र भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीबिच भूमि र सहकारी क्षेत्रका समस्याको ठोस समाधानका बिभिन्न बिकल्पबारे छलफल भएको छ ।

बुधवार भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा भएको भेटमा आ(आफ्नो मन्त्रालयमा देखा परेका समस्या समाधानका लागि राजनीतिक तहमा र मन्त्रालयगत तहमा मिलेर पहल गर्ने दुई मन्त्रीको भेटमा छलफल भएको हो ।

अब बन्ने भूमि आयोग गठन, सहकारी क्षेत्रको समस्या समाधानका लागि अधिकारसम्पन्न नियामक निकाय गठनलगायतको बिषयमा छलफल भएको छमन्त्री अधिकारीको पहलमा राजनीतिक सहमतिका आधारमा अदालतमा दायर भएको मुद्दा फिर्ता लिएर नयाँ आयोग गठनको गृहकार्य सुरु भएको छ । भूमिहीन दलित, भूमिहीन सुकुमबासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने गरी नयाँ आयोग गठन गर्न भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले तयारी गरेको हो । यस अघि गृहमन्त्री रमेश लेखक र मन्त्री अधिकारी बिच आधा दर्जन पटक बैठक भएका छन ।तत्कालीन भुमी आयोग विघटनको विरुद्ध काङ्ग्रेस निकट पदाधिकारीले सर्बोच्चमा मुद्दा  दिएका छन ।सोही मुद्दाका बिशयमा सर्बोच्चले आर्को आयोग गठन नगर्न आदेश दिएको छ । पछिल्लो सहमति पछि मुद्दा  फिर्ताको बाताबरण बनेको बताइएको छ ।

प्रकाशित : ३१ श्रावण २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६