अर्थ-वाणिज्य

पर्यटक आवागमनमा ट्राफिकले सहजीकरण वाहेक अरु गर्न मिल्दैन : आचार्य




बुटवल ३० भदौ । लुम्बिनी प्रदेशका पर्यटकीय स्थलहरुमा भारतीय पर्यटकहरुको सहज आवागमनका लागि प्रदेश सरकारले सहजीकरण गर्ने भएको छ ।भारतीय सवारी साधन सहित लुम्बिनी प्रदेशमा भित्रिने पर्यटकहरुलाई सुरक्षा जाँचको नाममा ट्राफिक प्रहरीले अनावश्यक दुःख दिने गरेको जनगुनासो प्राप्त भएपछी लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुरक्षा अधिकारीहरुसंग यस बारेमा गम्भिर छलफल गर्ने बताएका हुन् । आईएमई ग्रुप र स्थानीयको लगानीमा सञ्चालनमा रहेको लुम्बिनी केवलकारको अवलोकनका लागी पुगेका मुख्यमन्त्री आचार्यले देश भित्र र देश बाहिरका पर्यटकहरुको सहज आवागमनको लागी सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘नीजि क्षेत्रबाट खोलिएको यो केवलकार लुम्बिनीको पहिलो केवलकार हो । यसको माध्यमबाट पर्यटकहरुलाई आकर्षीत गर्न सकिएको छ । लुम्बिनी आउने पर्यटकलाई बुटवल हुदै यहाँ सम्म ल्याउन मद्धत पुगेको छ’उनले भने,‘यसैगरी लुम्बिनी आउने पर्यटकलाई प्रदेशका १२ जिल्लामा भ्रमण गराउनेगरी पर्यटन सर्किटको विकास गर्ने योजना छ ।’ यसैविच मुख्यमन्त्री आचार्यले प्रख्यात शक्तिपीठ कामाख्या देवीको मन्दिरमा पुजा आरधना समेत गरेका छन् ।

पर्यटकहरुको बढ्दो आकर्षण, नीजि क्षेत्र उत्साहित बुटवलको गर्मि र उम्सो छल्न मानिसहरु दुई हजार ६ सय मिटर लामो केवलकारको यात्रा गरेर पहाडको चुचुरोमा पुग्छन् । चिसो र शान्त वातावरणमा सबै उमेर समुहका मानिस रमाउने गरेका हुन । यसमा पनि छिमेकी देश भारतका पर्यटकहरु आउने क्रम बढेको छ । तर, पर्यटक आउदा सुरक्षा जाँचको नाममा प्रहरीले दुःख दिने गरेको पर्यटकहरुले गुनासो गर्ने गरेका छन् । भारतीय पर्यटकहरुलाई आउने वातावरण सहज बनाउन सक्दा भ्रमणमा आउनेहरुको संख्या बढ्ने अप्रेसन म्यानेजर डिएन कायस्थ सैजुले बताए ।

‘पर्यटकहरुको यात्रा निर्वाध हुनुपर्छ । सहज आवागमन भएको खण्डमा संख्या स्वभाविक रुपमा बढ्ने थियो’उनले भने,‘लुम्बिनी प्रदेश भित्रका पर्यटकीय स्थलहरुमा आउन जान कुनै असुविधा नहोस भनेर सरकारले नीति बनाउन जरुरी छ ।’ पर्यटकलाई लक्षित गरेर सहासिक पर्यटनका पूर्वाधारहरु थपिएका छन् । केवलकारमा दुई अर्ब लगानी भएको छ । आर्थिक दृष्टिकोणले बुटवलमा चहलपहल बढाउन केवलकारले भूमिका खेलेको बुझाई नीजि क्षेत्रको छ । कोभिडले गर्दा निरास बनेको नीजि क्षेत्र पछिल्लो समय उत्साहित हुन थालेको छ ।

प्रकाशित : ३० भाद्र २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६