अर्थ-वाणिज्य

मेटमणिको अभिव्यक्ति राष्ट्रियता विरोधी, अविलम्ब कारबाही होस : झलनाथ




काठमाडौं १ असोज । नेकपा एसका सम्मानित नेता झलनाथ खनालले पार्टीका उपमहासचिव एवम् सांसद मेटमणि चौधरीले कालापानी, लिपुलेकका विषयमा दिएको अभिव्यक्ति घोर राष्ट्रियता विरोधी भएको भन्दै कारबाहीको माग गरेका छन् ।उनले सोमबार साँझ विज्ञप्ति जारी गर्दै चौधरीविरुद्ध कारबाहीको माग गरेका हुन् । चौधरीको अन्तरवार्ता आफूले सुनेको र त्यहाँ दिइएको अभिव्यक्ति भारतीय नागरिक बोलिरहेको कि नेपाली भन्दै खनालले आक्रोश समेत गरेका छन् ।

यस विषयमा आम कार्यकर्ता, समर्थक र सुभेच्छकहरूमा समेत तिखो आक्रोश र विरोधको भावना उत्पन्न भएको बताउँदै उनले तत्काल कारबाही गर्नुपर्ने धारण व्यक्त गरेका छन् । ‘अविलम्ब यस्ता व्यक्तिहरूलाई कडा कारबाही गर्न, यस्ता दूषित तत्वहरूबाट हाम्रो जस्तो क्रान्तिकारी र देशभक्त पार्टीलाई मुक्त बनाउन र पार्टीलाई एउटा स्वच्छ, दृढ, देशभक्त र समाजवादी पार्टीका रुपमा स्थापित गर्न म पार्टी नेतृत्व पंक्ति समक्ष जोडदार माग गर्दछु’, खनालले विज्ञप्तिमार्फत माग गरेका छन् ।

प्रकाशित : १ आश्विन २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६