अर्थ-वाणिज्य

दुइपार्टी मिल्यो ढुक्कले चल्यो : सभापति देउवा




काभ्रे ५ असोज।’सत्तारुढ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस–एमालेको सत्ता सहकार्यले मुलुकमा सकारात्मक सन्देश दिएको र जनता खुसी भएको दाबी गरेका छन्।शनिबार काभ्रेको धुलिखेलमा बीपी कोईरालाको शालिक अनावरण गर्दै उनले दुई ठूला पार्टीबीचको गठबन्धनले जनतामा आनन्द र खुशी छाएको टिप्पणी गरे। ‘एमाले र कांग्रेस दुई वटा पार्टी मुख्य प्रतिस्पर्धी पार्टी हो, दुई वटै पार्टी मिल्दाखेरी के हुन्छ भन्ने चिन्ता पनि छ मानिसहरुलाई,’ देउवाको भनाइ छ, ‘तर प्रतिस्पर्धी पार्टी मिल्दाखेरी देशभरीमा नै मैले थाहा पाए अनुसार त नेपाली जनताहरु खुशी भएका छन। कति कचकच गर्ने, दुई वटा पार्टी मिलेका छन्, आनन्द भएको छ भन्नेहरु छन यहाँ। त्यसकारण दुई वटा पार्टी मिलेर देशभरमा एउटा सकारात्मक सन्देश दिएको छ।’

यद्यपि, उनले त्यही अनुसार काम भने गनुपर्नेमा जोड दिए। ‘तर हामीले काम पनि त्यही अनुसार गर्नु प¥यो। कांग्रेग्रेसले कामै गर्दैन भन्छन है विचार गर्नु, कांग्रेसले गफ बढी गर्छ, काम गर्दैन। अनि खाईदेला नि अरु पार्टीले। त्यसकारणले कांग्रसे अरु बढी काम गर्नुप¥यो। जनतासँगको सम्बन्ध बढाउनु प¥यो। जनताको दिल जित्नुप¥यो,’ उनले भने। सभापति देउवाले संविधानमा समावेशी समानुपातिक प्रणालीका कारण कुनै एउटा पार्टीले बहुमत ल्याउने नसक्ने कठिन अवस्थामा पनि पार्टीलाई बहुमतमा पु¥याउने गरी मेहनतका साथ काम गर्नुपर्ने बताए।

प्रकाशित : ५ आश्विन २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६