अर्थ-वाणिज्य

सहकारी डुबाएर १६ महिनादेखि फरार मेयर दिल्लीबाट पक्राउ



पोखरा ११ असोज । इमेज सहकारी बाग्लुङ र पोखराबाट २ अर्बभन्दा बढी बचत हिनामिना आरोपपछि फरार देवकुमार नेपाली १६ शुक्रबार दिल्लीबाट पक्राउ परेका छन् । उनी एमालेबाट निर्वाचित ढोरपाटन नगरपालिका, बाग्लुङका मेयर समेत हुन् ।सहकारीको समस्या सिर्जना भइसकेपछि पनि बचत रकम फिर्ता गर्ने सहमति गरेर २०८० जेठ ५ गते मेयर नेपाली एकाएक फरार भएका थिए । उनी फरार भएलगत्तै जेठ १६ गते उनीहरुविरुद्ध उजुरी दिन प्रहरीले आह्वान गरेको थियो भने १२ माघ ०८० मा रेड नोटिस समेत जारी भएको थियो ।देवकुमारले भने आफ्नो घरजग्गाबाट बचत रकम फिर्ता गर्ने भन्दै भिडियो सन्देश तथन विज्ञप्ति जारी गरिरहे । सहकारीको रकम आफूले घरजग्गामा लगाएको र त्यो बेचेर फिर्ता गर्ने दाबी छ । बागलुङ र पोखराका सहकारी पीडित संघर्ष समितिका पदाधिकारीसँग पनि कानुनी सल्लाहकारमार्फत सम्वाद गरेका थिए ।
सहकारीको कम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समिति बनाएपनि हुलाकबाट पत्र पठाउँदै आफू बचत रकम फिर्ता गर्न तयार रहेको दाबी गरेका थिए ।
भारतमा पक्राउ परेका देवकुमारलाई नेपाल ल्याउने पक्रिया चलिरहेको प्रहरीले जनाएको छ । यससँगै आफूहरुको समस्या समाधान हुनसक्ने आश जाथगेको इमेज सहकारी पीडित संघर्ष समितिका संयोजक दिलबहादुर कार्की बताउँछन् ।
अस्वभाविक आर्थिक छलाङ मारेका देवकुमार, कुनै समय सूर्य दर्शन लगायतका सहकारीको रकम अपचालनमा संलग्न गितेन्द्रबाबु ९जीबी० राईको समूहमा थिए । उनी पोखरामा सूयदर्शन सहकारी खोल्नेताका जीबीसँग जोडिएका थिए ।
सूर्यदर्शन सहकारीको उपाध्यक्ष भए । संसदीय समितिको प्रतिवेदनअनुसार देवकुमार नेपालीसहित मेखबहादुर विक, विकास श्रेष्ठ र कल्पना पहारीले २०६७ मा शेयर लिए । त्यसपछि देवकुमार सूर्यदर्शन सहकारीको उपाध्यक्ष बने । उनी अध्यक्ष बन्न चाहन्थे, तर लगातार तीन वटा बैठक बस्दा नबस्दै विवाद उत्पन्न भयो ।ज्ञानबहादुर बम्जन र जीबी राईले २० करोड रुपैयाँ हिनामिना गरेर काठमाडौं पठाइएको नेपालीको दाबी थियो । उनीहरुले सहकारी डिभिजन कार्यालयमा उजुरी समेत दिएका थिए । प्रतिवेदनअनुसार नेपालीको मुख्य उद्देश्य सूर्यदर्शन अध्यक्ष बन्नु थियो । तर जीबीले नदिएपछि देवकुमारले सूर्यदर्शनकै कर्मचारी दीपक पौडेलको साथ लिएर २०६८ सालमा पोखरामा इमेज सहकारी खोले ।
पोखरासँगै २०६९ सालमा बाग्लुङमा सहकारी खोलेका थिए । नेपालीले पोखरामा चित्रबहादुर भण्डारीलाई अध्यक्ष बनाएका थिए भने बागलुङमा आफैं अध्यक्ष र छोरा सुनीललाई सचिव बनेका थिए । सूर्यदर्शनकै शैलीमा सार्वसाधारणको बचत कुनै कागजातबिनै व्यक्तिगत स्वार्थमा लगाउने काम देवकुमारले गरे ।
पोखरा महानगरको सहकारी शाखाका अनुसार उनले पोखरामा सञ्चालक समिति नै फर्जी बनाएका थिए । पोखराको इमेजबाट ६० करोड र बागलुङबाट झण्डै २ अर्ब रुपैयाँ सार्वसाधारणको बचत अपचलन भएको अध्ययनले देखाएको छ ।
देवकुमारले सुरुमा महंगो ब्याज दिने भन्दै पोखराका बचतकर्तालाई आकर्षित गरेका थिए । नेपालीले तिब्बतीयन छेलासँग बिहे गरेपछि त्यो सम्बन्ध प्रयोग गरेर पनि पोखराको इमेज सहकारीमा धेरै रकम भित्राएका थिए ।
आर्थिक हिसाबले सबैको नजरमा सम्पन्न देखिएकाले पनि बागलुङ बजार, बुर्तिबाङमा धेरै जना जोडिए ।सामान्य परिवारमा जन्मिएका देवकुमार एकाएक हेलिकप्टरमा आउन थाले । गाउँमा केही प¥यो भने पैसा बाँड्ने, युवाहरुलाई सहयोग गर्ने गर्न थाले, बुर्तिबाङ दरबार टठ्याए,’ बुर्तिबाङका स्थायीवासी डिबी भण्डारीले अनलाइनखबरसँग भने ।स्थानीयका अनुसार बुर्तिबाका थुप्रैले लालपूर्जा धितो राखेर कृषि विकास बैंकबाट ऋण लिएका थिए । डा। बाबुराम भट्टराई सरकारले कृषि बैंकको ऋण मिहाना गरिदिएपछि देवकुमार आफैंले लगेर लालपूर्जा फिर्ता गरेका थिए ।
बागलुङ बुर्तिबाङमा सामान्य परिवारमा जन्मिएका नेपालीको अस्वभाविक धनाड्यका रुपमा उदय भयो । उनले बागलुङ बजार, बुर्तिबाङ बजार र पोखरामासमेत कर्मा भवनका नाममा अलिसान महल बनाएर त्यसैमा सहकारी चलाएका थिए । उनको बुर्तिबाङमा दरबार होटल, कर्मा भवन, चाइनिज इटाले बनाएका करिब ७ वटा घरसहित अग्ला पर्खालले घेरिएको आवासमा बस्ने गर्थे ।२०७४ को स्थानीय निर्वाचनमा उनी माओवादीबाट मेयर लड्न चाहन्थे, तर टिकट नपाएपछि एकाएक एमाले प्रवेश गरेर चुनाव जिते । रातारात माओवादी छोडेर एमालेबाट टिकट पाएपछि उनी मनोनयन दर्ता गर्न हेलिकप्टरबाट गएका थिए । मेयर भएपछि त उनलाई विश्वास नगर्ने कोही भएन ।हेलिकप्टरमा हिँड्ने, आफ्नै घरको छत ल्याण्ड गर्ने देखेका नागरिकले सहकारी डुब्ला भन्ने कल्पना नै नगरेको पीडित संघर्ष समिति पोखराका हरिबहादुर खत्री बताउँछन् ।देवकुमारले २०७९ मा फेरि एमालेबाटै मेयर जिते । त्यतिबेला सहकारी समस्यामा परेको गाइँगुईँ चल्न थालिसकेको थियो । २०८० जेठमा त उनी फरार भए ।उनलाई चिन्नेहरु भने देवकुमारको महत्वकांक्षाले नै सहकारी डुब्ने अवस्थामा पुगेको बताउँछन् । सहकारीको पैसा जुन बेला मन लाग्यो, त्यही बेला अभिलेख समेत नराखी लैजान्थे । मेयर भएपछि त प्रमुख अतिथि भएको कार्यक्रममा ४÷५ लाख रुपैयाँसमेत बाँड्नु उनका लागि सामान्य जस्तै बनेको थियो ।देवकुमार र व्यवस्थापक दीपक पौडेल मिलेर फर्जी खाता बनाउने र त्यसैबाट कारोबार गर्ने, जुनसुकै बेला मनपरी पैसा निकाल्ने र व्यक्तिगत घरजग्गा र व्यवसायमा प्रयोग गरेको वित्तीय प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित : ११ आश्विन २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६