अर्थ-वाणिज्य

राज्यमन्त्री राईमाथि आक्रमण गर्ने समूह पक्राउ



विराटनगर १७ असोज । उदयपुर र भोजपुरको सीमा क्षेत्रमा बाढीले पुर्याएको क्षतिबारे बुझ्न गएकी कोशी प्रदेशकी राज्यमन्त्री सिर्जना राईलाई गएराति आक्रमण गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।विराटनगरबाट गएको प्रहरीको बिशेष टोलीले उनिहरुलाई उदयपुरबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ६ जना रहेको कोशी प्रदेशका प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङले बताए । घटनामा नाबालकहरुसमेतको संलग्नता रहेको र पक्राउ परेकोले अनुसन्धानपछि मात्र प्रहरीले उनीहरुको नाम सार्वजनिक गर्ने जनाएको छ ।
राज्यमन्त्री राई बाढीपहिरो पछिको अवस्था अवलोकन गर्नुका साथै राहत तथा उद्धारको पहल गर्न उदयपुरको उत्तरी क्षेत्र र भोजपुरको दक्षिण क्षेत्रमा गएकी थिइन् । विराटनगर फर्कने क्रममा मंगलबार राति १० बजे उनी चढेको सवारीसाधनमा आक्रमण भएको थियो ।प्रहरीका अनुसार उनी फर्केर आएको बाटोबाट गाँजा तस्करी हुने गरेको र त्यस ठाउँमा उक्त समूहले गाँजा ओसारपसार गर्नेहरुसँग पैसा असुल्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

मंगलबार राति पनि उक्त समूहले गाँजा ओसारपसार गर्ने समूह सम्झेर मन्त्री सवार गाडीमा आक्रमण गरेको हुनसक्ने प्रहरीले जनाएको छ । उनीहरुले त्यहा लुटपाट गर्ने उदेश्यले आक्रमण गरेको खुलेको डिआइजी खापुङले बताए । राति आक्रमण भएपछि उनलाई प्रहरीले स्कटीङ गरेर विराटनगर ल्याएको थियो ।उनी चढ्ने प्रदेश १–०४–००१ झ ००३२ नम्बरको गाडीमा क्षति पुगेकोले मर्मतका लागि लगिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

उदयपुरको बेलका नगरपालिका वडा नं। ८ सिरवानी माथिको लिफ्टिङ खानेपानी ट्याङ्कीमुनि बिग्रेको टर्नीङमा बेलुकी १० बजे गाडी आक्रमणमा परेको थियो ।गाडीमा मन्त्री राईसहित उनका सचिवालयका सदस्यहरु, नेकपा एमाले आमचोक गाउँपालिका उपाध्यक्ष बसन्त राईलगायत ७ जना थिए । आक्रमणकारी समूहले खुकुरी, भाटा र ढुंगा बोकेर गाडी रोक्न खोजेका थिए भने सडकमा मुढासमेत तेस्र्याएका थिए । तर चालकले गाडी नरोकी अगाडि बढाएका कारण थप घटना हुनबाट जोगिएको थियो ।

प्रकाशित : १७ आश्विन २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६