अर्थ-वाणिज्य

बिबादास्पद मेयर हर्कको अर्को गैरकानुनी हर्कत




विराटनगर २४ असोज । बेलायत भ्रमणमा जान लागेका धरानका मेयर हर्क साम्पाङले वडा अध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका छन् ।

चर्चा र विवादमा आइरहने मेयर साम्पाङले उपप्रमुख हुँदाहुँदै वडा नम्बर ११ का वडा अध्यक्ष लोकेन्द्र फागोलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन् । उनले बुधवार असोज २८ गतेबाट लागूहुने गरी फागोलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन् ।

बिहीबारबाट सार्वजनिक बिदा हुने भएको बुधबार नै साम्पाङले फागोलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन् । मेयर साम्पाङ असोज २८ गते सोमवारदेखि धरान बाहिर जाने कार्यक्रम तय भएको छ ।
यसअघि पनि विभिन्न पालिकाहरूले उपप्रमुख हुँदाहुँदै वडा अध्यक्षलाई कार्यवाहक दिएको विषयमा विवाद हुँदै आएको थियो । कार्यवाहकको जिम्मेवारी पाएका अध्यक्ष फागोले आफूलाई कार्यालयमा बोलाएर पत्र दिएको बताए । उनले भने, ‘अहिलेसम्म मैले पत्र खोलेको छैन ।’
कानूनतस् नगर प्रमुख वा गाउँपालिका अध्यक्ष ७ दिन वा बढी समय उपमहानगरपालिका, नगरपालिका वा गाउँपालिकामा उपस्थित नहुने भएमा उपप्रमुख वा उपाध्यक्षलाई कार्यभार सुम्पने व्यवस्था छ । तर मेयर साम्पाङले वडा अध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन् ।

उपमेयर पनि कार्यालयमा अनुपस्थित हुने भएमा मात्र कुनै पनि सदस्यलाई कार्यभार सुम्पने व्यवस्था भए पनि मेयर साम्पाङले उपप्रमुख हुँदाहुँदै वडा अध्यक्षलाई कार्यभार दिने पत्र तयार गरेका हुन् । उपमेयर आइन्द्र विक्रम बेघाले आफू बाहिर जाने कुनै कार्यक्रम नभएको बताए ।

उनले भने, ‘उहाँले ऐन कानून पढ्नु भएन होला त्यही भएर वडाध्यक्षलाई कार्यवाहकको पत्र दिनु भयो ।’कार्यवाहक दिने विषयमा आफूसँग कुनै सल्लाह नभएको उपप्रमुख बेघाले बताए ।

स्थानीय तह सञ्चालन ऐन २०७४ को दफा १६ को ९क० १२ मा नगर प्रमुख वा गाउँ प्रमुख सात दिन भन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उप प्रमुखलाई कार्यवाहक दिनुपर्ने व्यवस्था छ ।

यदि उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिने उल्लेख छ । मेयर साम्पाङले भने ऐन विपरीत उप प्रमुख हुँदाहुँदै वडा अध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन् ।

प्रकाशित : २४ आश्विन २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६