अर्थ-वाणिज्य

अदालत परिसरमा रविलाई बोल्न दिएकोमा गृहमन्त्रीको आपत्ति



काठमाडौं ५ कात्तिक, ।आइतबार जिल्ला अदालत कास्की परिसरमा रवि लामिछानेले सञ्चारकर्मीहरुसँग सरकारविरोधी अभिव्यक्ति दिएकामा गृहमन्त्री रमेश लेखकले सुरक्षा अधिकारीहरुसँग असन्तुष्टि जनाएका छन् ।हिरासतमा राख्ने अनुमति माग गर्न जिल्ला अदालतमा लैजाँदा लामिछानेले सरकारले आफूलाई झुटा मुद्दा लगाएको र यो सरकार रहुन्जेल धेरैले दुख पाउने बताएका थिए ।

लामिछानेको अभिव्यक्तिको भिडियो सार्वजनिक भएपछि गृहमन्त्री रमेश लेखकले कास्कीका प्रहरी जिल्ला अधिकारी भरतमणि पाण्डे र कास्कीका एसपी श्यामबाबु ओलियालाई टेलिफोन गरेर असन्तुष्टी जनाएको गृह मन्त्रालय स्रोतले अनलाइनखबरलाई बतायो ।

‘हिरासतमा रहेको मान्छेले सरकारविरुद्ध खुलमखुल्ला बोलेको छ । त्यो पनि भिडिओमार्फत सार्वजनिक भइरहेको छ । हिरासतमा रहेको व्यक्तिले यसैगरी बोल्न पाउने हो रु अरु अभियुक्तहरुको हकमा पनि यही लागु हुन्छ रु’, लेखकले कास्कीका सीडीओ पाण्डे र एसपी ओलियालाई प्रश्न गरेका थिए ।

पत्रकार, युट्युबर र नेताहरुलाई समेत जिल्ला अदालतमा कार्यालय प्रवेश गर्न दिएको र हिरासतमा रहेका व्यक्तिले खुलमखुल्ला सरकारलाई चुनौती दिएकामा मन्त्री लेखकले असन्तुष्टि जनाएका हुन् ।

मन्त्री लेखकको सचिवालयका एक सदस्यका अनुसार सुरक्षामा लापरबाही भएको भन्दै कास्की प्रशासन र प्रहरीलाई सचेत गराएका हुन् ।आइतबार जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

लामिछाने पक्राउ परेपछि काठमाडौंबाट पोखरा लैजाने क्रममै रास्वपाका समर्थकहरुले ठाउँ–ठाउँमा सरकारविरुद्ध नाराबाजी गरेका थिए भने सरकारले प्रतिशोध साँध्दै पक्राउ गरेको आरोप लगाएका थिए ।

शनिबारदेखि रास्वपा नेता कार्यकर्ताले पोखरामा निरन्तर प्रदर्शन गर्दै आइरहेका छन् । प्रदर्शनमा सहभागी हुन विभिन्न जिल्लाका नेता कार्यकर्ता पोखरा पुगेका छन् ।संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया प्रालिमा सहकारीको रकम ल्याएर अपचलन गरेको आरोपमा जीबी राई, कुमार रम्तेल, रवि लामिछाने र छविलाल जोशीलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेको थियो ।

संसदीय समितिले पोखराको सूर्यदर्शन, रुपन्देहीको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चिवतनको सहारा र पर्साको सानोपाइला सहकारीबाट गोर्खा मिडियामा रकम प्रवाह भएको उल्लेख गरेको थियो ।समितिको प्रतिवेदन अनुसार लामिछाने प्रबन्ध निर्देशक भएको १४ महिना अवधिमा सूर्यदर्शनसहितका ५ वटा सहकारीको ६५ करोड रकम गोर्खा मिडियामा अपचलन भएको पुष्टि भएको थियो ।

प्रकाशित : ६ कार्तिक २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६