अन्तर्राष्ट्रिय

अब १८ महिना पछि शेरबहादुर देउवाजीलाई सत्ता हस्तान्तरण गर्छुु : ओली



काठमाडौँ २० मंसिर ।प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक चार दिने चीन भ्रमणबाट फर्किएपछि आफ्नो कार्यकालबारे अभिव्यक्ति दिएका छन् । चीन भ्रमणबाट बिहीबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा ओलीले अबको १८ महिना आफू प्रधानमन्त्री पदमा रहने बताएका हुन् ।
आफ्नो कार्यकाल १८ महिनामा सकिने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवाले संसद्को निर्वाचन गराउने बताए ।कांग्रेस र एमाले गठबन्धन सरकार आगामी निर्वाचनसम्मै रहने उनको दाबी थियो । ‘मेरो पालो अब १८ महिना जति रहेछ, त्यसपछि शेरबहादुर देउवाजीलाई मैले हस्तान्तरण गर्छु । उहाँले डेढ वर्ष चलाउनु हुन्छ, निर्वाचन गराउनु हुन्छ,ओलीले भने,हाम्रो चुनावसम्मको एग्रिमेन्ट (सहमति)छ ।

निर्वाचनमा सबै राजनीतिक दलले बहुमत ल्याउने कोसिस गर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । चुनावमा हामी हरेकले बहुमत ल्याउने कोसिस गरौँला, आउँछ भन्ने हामीलाई विश्वास छ । विश्वासअनुसार बहुमत आयो भने बहुमतको सरकार बन्ला, नत्र अरु तरिका होलान्,’ ओलीले भने ।

प्रकाशित : २० मंसिर २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६