अर्थ-वाणिज्य

ओलीसँग विप्लवको हिमचिम वृद्धि : एकताको विषय स्थगित हुदा माओवादी केन्द्रभित्र सनसनी



कपिलवस्तु ५ पुस ।नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले तत्कालका लागि एकताको विषय स्थगित गरेको निर्णयले नेकपा माओवादी केन्द्रभित्र सनसनी पैदा गरेको छ।विप्लवलगायत विभिन्न समूहमा छरिएका नेताहरू एक ठाउँमा आउन लागेको भनेर आशा जगाएका थिए, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले। एकताका लागि विभिन्न चरणमा वार्ता र छलफल पनि भए। तर, तिनै प्रचण्डमाथि नै प्रश्न उठाएर मंसिर २६ देखि पुस २ सम्म बसेको विप्लवको केन्द्रीय समिति बैठकले एकतामा ढिलाइ हुनुमा माओवादी नै जिम्मेवार रहेको निष्कर्ष निकाल्यो।

त्यसो त माओवादी केन्द्रमा विप्लवदेखि नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव, गंगानारायण श्रेष्ठसम्मका नेताको व्यवस्थापन सहज छैन। यस आधारमा हेर्दा माओवादीकै कारण एकतामा आलटाल भएको देखिन्छ।
भदौदेखि केन्द्रीय समिति बैठक नराखी माओवादीले पटकपटक मिति सारिरहेकोले विप्लवको बुझाइलाई पुष्टि पनि गर्छ। माओवादीकै चुनाव चिह्न लिएर सांसद बनेका यादव र प्रदेश सांसद श्रेष्ठका विषयमा लगभग सहमति जुटिसकेको छ।नेताहरूका अनुसार विप्लवबारे प्रचण्ड अझै केही विषयमा प्रष्ट हुन चाहिरहेका छन्। त्यही भएर उनले एकताको निर्णय लिइहाल्न नसकेको नेताहरू बताउँछन्। त्यो विषय हो, विप्लवले केपी शर्मा ओलीसँग गरेको सहमति।

‘उहाँ ९विप्लव० भूमिगत भएर निस्कँदा ९खुला हुँदा० तत्कालीन प्रधानमन्त्री ओलीसँग भएको तीन बुँदेको पृष्ठभूमिमा के छरु त्यो खोजीको विषय छ,’ माओवादी केन्द्रका प्रभावशाली एक नेताले नेपालखबरसँग भने।
आफूहरूले ०४८ मा संसदमा भाग लिँदा, ५१ मा चुनाव बहिष्कार गर्दा, ०५२ मा जनयुद्ध लड्दा र त्यसपछि ०६३ मा शान्तिप्रक्रियामा आउँदा राजनीतिक ती सबै निर्णयको राजनीतिक औचित्य पुष्टि गरेको तर विप्लवका निर्णयहरूको औचित्य नदेखिएको ती नेताले दाबी गरे।

‘उहाँ सशस्त्र एकीकृत जनक्रान्ति गरिराखेको नेता, केवल तीन बुँदे सम्झौतामै मोडिन कसरी सम्भव भयोरु यो त उहाँले प्रस्ट्याउनुपर्‍यो,’ उनले थपे, ‘विप्लवजीले पार्टी संयन्त्रलाई भूमिगत बनाउनुभयो, एकीकृत जनक्रान्ति सुरु गर्नुभयो। निर्वाचन बहिष्कार गर्नुभयो। त्यसक्रममा हाम्रै मान्छेमाथि बम हान्नुभएकै हो, अनि एक्कासि खुला हुनुभयो।’ २०७७ फागुन २० गते तत्कालीन ओली नेतृत्वको सरकार र विप्लव पार्टीबीच तीन बुँदे सहमति भएको थियो।

फागुन २१ गते काठमाडौँको राष्ट्रिय सभा गृहमा राखिएको विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव विप्लवले हस्ताक्षर गरेको तीन बुँदे सहमति पत्र सार्वजनिक गरिएको थियो।

जसका तीन बुँदा यसप्रकार छन् स्

१। नेपाल सरकार तथा नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरू वार्ता तथा संवादबाट समाधान गर्न सहमत भएका छौँ।

२। नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रूपमा सञ्चालन गर्न सहमत भएको छ।

३। नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताको रिहाइ र सम्पूर्ण मुद्दाहरू खारेज गर्ने।नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सुशील सीले समाजवादी क्रान्तिको आधार शान्तिपूर्ण रूपबाट हुन्छ भन्ने निष्कर्ष निकालेर पार्टीलाई खुला गराएको बताए। ‘राजनीतिक तहमा छलफल भएर समझदारी भएको हो। जुन पार्टी र जसको नेतृत्वको सरकार थियो, उसँग वार्ता र सम्झौता हुने हो। त्यसबेला सरकारमा ओली हुनुहुन्थो,’ उनले भने, ‘तीनबुँदे सहमतिमा प्रष्ट लेखिएकोले थप व्यख्या गर्नै परेन।’
त्यसबेला नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपाको सरकार थियो।
त्यसको दुई दिनपछि अर्थात् फागुन २३ गते सर्वोच्च अदालतले नेकपा भंग गरेर दुई पार्टीलाई पुरानै अवस्थामा फर्किएको फैसला सुनाएको थियो। तीन बुँदे सहमति कार्यान्वयनका लागि विप्लवले निकै दौडधुप गरे। नेताकार्यकर्तालाई थुनामुक्त गर्न उनले सबै पार्टीका शीर्ष नेतासँग भेट गरेर पहल गरिरहेका छन्। यद्यपि, अझै केही थुनामै छन्। तर, चार वर्षअघिदेखि ओली–विप्लव सहकार्य रहेको र ०७९ को चुनावमा एमालेसँग मिलेर विप्लव रोल्पाबाट चुनाव लड्न लागेको चर्चा उतिबेला चलेको माओवादी नेता बताउँछन्।
उहाँको अलि बढी बसउठ अन्तरङ्ग सम्बन्ध ओलीजीसँग देखिन्छ,’ माओवादी केन्द्रका केन्द्रीय सदस्य सुदर्शन बरालले भने, ‘ओलीजीको संघीयता विरोधी मतमा विप्लवजी मिलेको हो किरु अहिलेसम्म उहाँको संघीयताबारे प्रष्ट धारणा पाइनँ। डकुमेन्टमा पनि छैन।’नेपाल कम्युनिस्ट पार्टीका केही नेता अझै पनि एमालेसँग मिल्नुपर्छ भनेर लागेको र विप्लवले समेत ९एमाले–माओवादी०बीच समानान्तर छलफल गरिहेको हुनसक्ने बराल आशंका गर्छन्।
केही दिनअघि एमाले सांसद सूर्य थापाले विप्लव भेटेको तस्बिर आयो, यता एकतामा ढिलाइ भयो भन्ने उता एमाले भेट्नेरु उहाँ दुईतिर छलफलमा हुनुहुन्छ भन्ने देखिन्छ,’ उनले थपे, ‘अहिले पनि प्रकाण्ड लगायतका नेताहरू माओवादीसँग होइन, एमालेसँग एकता गर्नुपर्छ भनेर बहस गरिरराखेको सुनेका छौँ।’तर, स्थायी समिति सदस्य सुशील सी भने माओवादी केन्द्रसँगको एकतालाई मुख्य प्राथमिकता दिएको दाबी गर्छन्। उनले एकताका विषयमा कुनै अन्यौल नरहेको र सबै नेताहरू एकै ठाउँमा रहेको दाबी गरे।‘समाजवादी मोर्चामा रहेको माओवादी केन्द्रसँगको एकतालाई अगाडि बढाउन वार्ता र छलफल गरिराखेका हौँ, उसले औपचारिक निर्णय नगरेकाले आशंका जन्मिएको हो,’ उनले भने, ‘हामी पर्खिरहेका छौँ। एकताको लागि वैद्यजीहरूसँग पनि छलफल चल्ने त भइहाल्यो।’
माओवादीसँग एकता नभए अन्य विकल्प खुला रहेको उनको भनाइ छ। दोस्रो तहमा कम्युनिस्ट पार्टी घटकसँग त्यसमा एमाले पनि पर्छ, तेस्रोमा राष्ट्रवादी, देशभक्त र प्रगतिशील वामपन्थीबीच एकता गर्नुपर्ने भन्ने हो,’ उनी भन्छन्। मंसिर २६ देखि पुस २ सम्म कपिलवस्तुको शिवनगरमा बसेको केन्द्रीय समिति बैठकमा विप्लवले माओवादीसँगको एकताको लागि केही प्रक्रिया अघि नबढेको भन्दै तत्काललाई स्थगित भएको घोषणा गरेका थिए।यद्यपि, एकता लगायत एजेन्डामा छलफल गर्न माओवादी केन्द्रको आगामी पुस २१ गतेदेखि केन्द्रीय समिति बैठक बस्दैछ। सोही बैठकले एकताको मोडालिटी टुंगो लगाउने प्रवक्ता समेत रहेका उपाध्यक्ष अग्नि सापकोटा बताउँछन्।

प्रकाशित : ५ पुस २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : presspationline@gmail.com

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६