ब्रेकिंग न्युज

कर्तव्य ज्यान मुद्दाका फरार दम्पती २४ वर्षपछि पक्राउ




दाङ २१ फागुन । कर्तव्य ज्यान मुद्दाका फरार दम्पती २४ वर्षपछि कपिलबस्तुबाट पक्राउ परेका छन् । ज्यान मुद्दामा २० वर्ष कैद सजाय हुने ठहर भएका उक्त दम्पतीलाई प्रहरीले कपिलवस्तुबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा दाङको राप्ती गाउँपालिका वडा नं। १ घर भई कपिलवस्तुको शिवराज नगरपालिका बस्दै आएका जित बहादुर दमाई र नमी दमिनी रहेको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको टोलीले उनीहरूलाई कपिलबस्तुबाट पक्राउ गरेको हो ।जिल्ला अदालत दाङले उनीहरु विरुद्ध २०५७ असोजमा २० वर्ष कैद सजाय हुने फैसला गरेको थियो । फैसलासँगै फरार भएका उनीहरु कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–१ मा लुकेर बसेको अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख अमर बहादुर ले बताए ।

प्रकाशित : २१ फाल्गुन २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६