ब्रेकिंग न्युज

प्रचण्ड प्रधानमन्त्री भएको बेलामा माओवादी नेताहरूले ८ क्विन्टल सुन तस्करी गरे : महासचिव पोख्रेल



काठमाडौं२४ फागुन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको बेलामा माओवादी नेताहरूले ८ क्विन्टल सुन तस्करी गरेको आरोप लगाएका छन् ।
एमाले स्थानीय विकास विभागद्वारा बाँकेमा आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी नेताहरूले सुन तस्करी गर्न पशुपतिमा सुन भनेर पित्तल चढाइयो भनेर हल्ला गरेको जिकिर गरे ।उनले भने, ‘पशुपतिमा सुनको जलहरी लगाउने भनेर सरकारले पैसा दियो । त्यहाँ सुनको होइन, पित्तलको जलहरी लगाएका छन् भनेर माओवादी नेताले संसदमै बोले, साह्रै ठूलो हल्लाखल्ला भएपछि छानबिन त गर्नुपर्‍यो, छानबिन गर्दा सुन नै हो भनेर प्रमाणित भयो । पित्तल भन्ने कुरा हल्लामात्रै रहेछ भन्ने प्रमाणित भयो, त्यो सुनको जलहरी पित्तल हो भनेर हल्ला गरेको त सुन तस्करी गर्न रहेछ ।’
महासचिव पोखरेलले नेपालमा भ्रष्टाचार अन्त्य गर्ने माओवादीको हल्लामा पत्याउने आधार नभएको दाबी गरे ।उनले भने, ‘त्यसपछि एकपछि अर्को माओवादीका नेताहरू सुन तस्करीमा आरोपित हुन थाले, कति सुन तस्करी भएछ भन्दाखेरि अवैध तरिकाले ल्याएको र सुन गालेको मेसिनमात्रै हेर्ने हो भने त्यो अवधिमा करिब ८ क्विन्टल सुन तस्करी भएको देखिन्छ ।’महासचिव पोखरेलले सुन प्रकरणमा पनि माओवादी हिजो सशस्त्र आन्दोलनको बेलामा जस्तै हल्ला एकातिर चलाउने, आक्रमण अर्कोतिर गर्ने विधि अपनाएको आरोप लगाए ।
उनले थपे, ‘नजर एकातिर, निसाना अर्कोतिर भने जस्तो । माओवादीमा के भन्छन्, के गर्छन भन्ने कुरा बुझ्न सक्नुपर्छ । माओवादीको नीतिको कारणले अहिले देशमा संकट भएको छ । त्यही संकटबाट मुलुकलाई बाहिरि निकाल्न कांग्रेस र एमाले मिलेका हौं । व्यवस्थामाथि संकट आएपछि विगतमा पनि मिलेका थियौं । अहिले पनि मिलेर रक्षा गर्छौं ।’

प्रकाशित : २४ फाल्गुन २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६