अर्थ-वाणिज्य

खाद्य कम्पनीको चाडपर्वलक्षित सुपथ पसल सुरु



काठमाडौँ, ३० भदौः

बडादसैँ, तिहार र छठ पर्वका अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि सहुलियत पसल सुरु गरेको छ । लिमिटेडले आजदेखि सुरु गरेको सहुलियत पसलमा प्रतिकेजी रु पाँच, सात र १० छुट दिइएको सूचना अधिकारी माधव मिश्रले जानकारी दिनुभयो । दाल, चामल, चिनी, गहुँका सामग्रीमा प्रतिकेजी रु पाँच छुट गरिएको छ । यसैगरी तेल, चिउरा, आँटा, पीठो, मैदालगायत सामग्रीमा प्रतिलिटर र प्रतिकेजी रु सात छुट दिइएको छ ।

चियापत्ती, जिरा, धनियाँ, रैथाने खाद्य वस्तुलगायत सामग्रीमा प्रतिकेजी रु १० छुट गरिएको सूचना अधिकारी मिश्रले जानकारी दिनुभयो । सहुलियत पसल छठसम्म सञ्चालन हुने जनाइएको छ ।

प्रकाशित : ३० भाद्र २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६