गण्डकी

दुई वटा कोठाबाट जिल्ला प्रशासन कास्कीको सेवा सुरु



कास्की, ३१ भदौः

यही भदौ ‘जेनजी’ प्रदर्शनका क्रममा आगजनी भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले सोमबारदेखि दुई वटा कोठाबाट सेवा सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शान्ति सुरक्षा, मुद्दाको म्याद थप, विपद् व्यवस्थापन र दैनिक प्रशासनिक कार्य नियमित सञ्चालन गर्ने उद्देश्यले हाललाई दुई कोठाबाट सेवा सुरु भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाल दुई वटा कार्यकक्षबाट सेवा सुरू गरेका छौँ । अन्य कक्ष मर्मतसम्भार हुँदैछन्, सञ्चालन हुने सेवाकाबारेमा सेवाग्राहीलाई पूर्वजानकारी दिँदै जानेछौँ ।”

प्रजिअ शर्माले अहिलेको विषम् परिस्थितिमा सम्पूर्ण सार्वजनिक सेवालाई सञ्चालन गर्नु चूनौतीपूर्ण रहेकाले नागरिकता, राहदानी राष्ट्रिय परिचयपत्रलगायत अन्य सेवालाई क्रमिक रूपमा सुरु गरिने जानकारी दिनुभयो । उहाँका अनुसार भदौ २४ गते जेनजी प्रदर्शनका कारणमा प्रशासनको भवनमा आगजनी गरिँदा मुख्य भवनसहित सवारीसाधनमा क्षति पुगेको छ ।

पोखरामा जेनजी प्रदर्शनमा आगजनी गरिएका मालपोत, नापी कार्यालय, यातायात कार्यालयलगायत सेवाग्राहीका मुख्य चाप हुने कार्यालयबाट सेवा सुरु हुन सकेका छैनन् । ती कार्यालयमा कर्मचारीले दैनिक सरसफाइ गरिरहेका छन् । यसैगरी, पोखरा महानगरपालिकाको सेवासमेत सुरु हुन सकेको छैन । 

प्रकाशित : ३१ भाद्र २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६