बागमती

सञ्चारगृहमा भएका क्षतिको महासङ्घद्वारा अनुगमन



काठमाडौँ, ३१ भदौः

जेनजी प्रदर्शनका क्रममा सञ्चारगृहहरूमा पनि क्षति पुगेको छ । आन्दोलनका क्रममा कान्तिपुर टेलिभिजन, कान्तिपुर पब्लिकेसन, अन्नपूर्ण पोष्ट, थाहासञ्चार नेटवर्कलगायत सञ्चारगृहमा क्षति पुगेको छ । संरचनालाई प्रतीकात्मक रूपमा देखाएर सञ्चारगृहले सेवा दिई रहेका छन् ।

सञ्चारगृहमा भएको क्षतिको नेपाल पत्रकार महासङ्घले अनुगमन गरेको छ । सोमबार स्थलगत अनुगमन गर्दा सञ्चारकर्मीले भौतिक संरचना ध्वस्त भए पनि पत्रकारितालाई जीवित राखेर लोकतन्त्रको रक्षा गरेको महासङ्घले निष्कर्ष निकालेको छ । 

यद्यपि आन्दोलनका क्रममा सञ्चारगृहका भौतिक संरचनामा क्षति पुग्नाका साथै पत्रकारहरूमाथि शारीरिक कुटपिट हुनु अत्यन्त निन्दनीय रहेको महासङ्घले जनाएको छ । 

आन्दोलनमा ठूलो भौतिक र शारीरिक क्षति पुगे पनि  सूचना प्रवाहमा पत्रकारिताको दायित्व कायम राख्नु प्रशंसनीय रहेको महासङ्घका अध्यक्ष निर्मला शर्माले बताउनुहुन्छ । 

सञ्चारगृह र पत्रकारमाथि भएको क्षतिको अनुगमनको विस्तृत प्रतिवेदन केही समयपछि प्रकाशन गरिने महासङ्घका अध्यक्ष शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार कान्तिपुर, अन्नपूर्ण पोष्ट, कान्तिपुर एफएमलगायत केही सञ्चारगृहमा नियोजित ढङ्गले तोडफोड र आगजनी गरिएको पाइएको छ । 

त्यसैगरी उपत्यका बाहिर पनि पत्रकार र केही सञ्चारगृहमा क्षति पुगेको छ । जेनजीको प्रदर्शनको बहानामा आ–आफ्नो स्वार्थ लिएका समूहले सञ्चारगृहमाथि तोकेर आक्रमण गरेको पाइएको उहाँले बताउनुभयो । महासङ्घको अनुगमनपछि सरकारसमक्ष घाइते पत्रकारहरूलाई तत्काल र दीर्घकालीन उपचारको व्यवस्था गर्नाका साथै मिडियामाथि भएको तोडफोडको क्षतिपूर्तिको माग गर्ने निर्णय गरेको अध्यक्ष शर्माको भनाइ छ । 

प्रकाशित : ३१ भाद्र २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६