मुग्लिन (चितवन), ३१ भदौः
पहिरोका कारण नारायणगढ–मुग्लिन सडक दुईतर्फि अवरुद्ध बनेको छ । वर्षासँगै चितवनको इच्छाकामना–५ तुइन खोला नजिकै आज साँझ करिब ८ः१५ बजेतिर पहिरो खस्दा सवारी आवागमन अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिनुभयो । पानी परिरहेको र ढुङ्गा खस्ने क्रम नरोकिएकाले पहिरो हटाउन कठिनाइ भएको उहाँले बताउनुभयो । माथिबाट ढुङ्गा खसेपछि मात्र पहिरो हटाउने काम सुरु हुने उहाँको भनाइ छ ।








प्रतिक्रिया