जीवनशैली

कैदीबन्दीलाई धमाधम कारागार फर्काइदै



बागमती, १ असोज

गत भदौ २३ र २४ को जेनजी प्रदर्शनको मौका छोपी विभिन्न कारागारबाट फरार भएका कैदीबन्दीहरू धमाधम कारागार फर्किन थालेका छन् । कारागारबाट भागेमध्ये धेरैजसोलाई सुरक्षाकर्मीले पक्राउ गरी कारागार फर्काएका छन्भने कतिपय आफै कारागार फर्केका छन् । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित क्षेत्रीय कारागार भीमफेदीलगायत विभिन्न कारागारबाट फरार भएकामध्ये आज बिहानसम्म २२३ जना कैदीबन्दी कारागार फर्किएका छन् । भीमफेदी कारागारबाट भागेकामध्ये सुरक्षाकर्मीले १३० जना कैदीबन्दीलाई नियन्त्रण लिई कारागारमा पठाएको कारागारका प्रमुख सुवास पौडेलले जानकारी दिनुभयो । उहाँका भागेकामध्ये ३६ जना कैदीबन्दी आफैँ कारागारको सम्पर्कमा आएका छन् ।

यही भदौ २४ गते राति १ बजेतिर भीमफेदी कारागारको पर्खाल भत्काएर ४४० कैदीबन्दी फरार भएका थिए । फरार कैदीबन्दीको खोजी गर्ने क्रममा भीमफेदी कारागारबाट फरार १३० जना र अन्य कारागारबाट फरार ६० जना गरी १९० जना कैदीबन्दीलाई प्रहरीले नियन्त्रणमा लिई कारागार पठाएको कारागारका प्रमुख पौडेलले बताउनुभयो ।

कारागारको तीन गेट फुटाई पश्चिमतर्फको पर्खाल भत्काएर (क) ब्लकबाट २६० र (क) ब्लकबाट १८० गरी ४४१ कैदीबन्दी फरार भएका थिए । फरार कैदीबन्दीको खोजीको क्रममा सुरक्षाकर्मीहरूले विभिन्न स्थानबाट कैदीबन्दीहरूलाई नियन्त्रणमा लिई कारागारमा बुझाएको प्रमुख पौडेलले बताउनुभयो । फरार रहेका २७७ कैदीबन्दी खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताउनुभयो ।

प्रकाशित : १ आश्विन २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६