जीवनशैली

संविधान दीवस मनाउने तयारीमा एमालेजेनजी आन्दोलनबाट पाठ सिकेर अगाडी बढछौं पार्टी नेता



कपिलवस्तु, आश्विन २

नेकपा (एमाले) बाणगंगाले आश्विन ३ गते संविधान दिवसलाई भब्य रुपमा मनाउने निर्णय गरेको छ । नेकपा एमाले बाणगंगाको नगर पार्टी कार्यालयमा सम्पन्न नगर सचिवालय वैठकले यस्तो निर्णय गरेको सचिव चेतनारायण भण्डारीले जानकारी दिनु भयो ।
वैठकले नेपाली कांग्रेस लगायतका संविधान पक्षधर राजनैतिक दलसंग समन्वय गर्ने समेत निर्णय गरेको बताइएको छ ।


वैठकलाई सम्बोधन गर्दै एमाले केन्द्रिय सदस्य, कपिलवस्तु इन्चार्ज तथा प्रदेश सभा सदस्य गिरधारीलाल न्यौपाने, एमाले केन्द्रिय लेखा आयोगका उपाध्यक्ष तथा प्रदेश सभा सदस्य विष्णु प्रसाद पंथी, एमाले नेता डम्मर शर्मा, एमाले नेता तथा बाणगंगा नगर प्रमुख चक्रपाणी अर्याल, एमाले जिल्ला उपाध्यक्ष शंकर पाण्डे लगायतले मन्तब्य राख्नु भएको थियो ।


बोल्ने बक्ताहरुले जेनजी आन्दोलनका जायज मागलाई पार्टीले सम्बोधन गर्दै विगतका कमी कमजोरीबाट पाठ सिकेर अगाडी बढने धारणा राख्नु भएको थियो ।
वैठकले प्रदेश तथा जिल्ला तहका नेताहरुको आतिथ्यता रहेको थियो ।


वैठक नगर कमिटी अध्यक्ष सोमनाथ अर्यालको अध्यक्षता, उपाध्यक्ष भिम बहादुर थापाको स्वागत मन्तब्य र सचिव चेतनारायण भण्डारीको संचालनमा सम्पन्न भएको एमाले बाणगंगाले जनाएको छ ।

प्रकाशित : २ आश्विन २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६