कपिलवस्तु, आश्विन २
संविधान दीवसका सन्दर्भमा नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा उभिएका छन् । नेपाली कांग्रेस कपिलवस्तु र एमाले कपिलवस्तुले संयुक्त रुपमा पालिका स्तरमा संविधान दीवस मनाउने तयारीमा जुटुको एमाले कपिलवस्तुका जिल्ला अध्यक्ष बाबुराम खनालले जानकारी दिनु भयो । पालिका स्तरमा संविधान दीवस मनाउने सन्दर्भमा बाणगंगा स्थित कपिलवस्तु उद्योग बाणिज्य संघको सभाहलमा नेपाली कांग्रेस र नेकपा एमालेले संयुक्त रुपमा संविधान दीवस मनाउने तयारी गरिएको एमाले बाणगंगाले जनाएको छ ।
नेपाली कांग्रेस र एमालेले आश्विन ३ गते मनाउने संविधान दीवस कार्यक्रममा सरिक हुन पार्टी कार्यकर्ता, शुभेच्छुक एवम् आम बाणगंगा बासीलाई अनुरोध गरेका छन् । जनताका उपलब्धीको रक्षा र संविधान माथिको आक्रमण रोक्न संविधान दीवसमा सचेतना दिने कार्यक्रममा जोड दिएको जनाएका छन् ।








प्रतिक्रिया