जीवनशैली

सभामुख र उपसभामुखद्वारा संसद् भवन निरीक्षण



काठमाडौँ, २ असोजः

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा उपसभामुख इन्दिरा रानाले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा आगलागी भएको नयाँ बानेश्वरस्थित संसद् भवनको आज निरीक्षण गर्नु भएको छ ।

निरीक्षण पश्चात् सञ्चारकर्मीसँग सभामुख घिमिरेले जनधनको क्षति हुने घटना भएकामा दुःख व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “राज्यलाई सबै नेपाली जनताले उठाउनुपर्छ ।” त्यसैगरी उहाँले अन्तरिम सरकारले वर्तमान समस्या समाधान गरी अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । 

नेपालको संविधानको धारा ९१ (६) (क) अनुसार प्रतिनिधिसभा विघटन भएको अवस्थामा आफ्नो पदमा बहाल रहेका प्रतिनिधि सभाको सभामुख र उपसभामुख प्रतिनिधि सभाको लागि हुने अर्को निर्वाचनको उम्मेद्वारी दाखिल गर्ने अघिल्लो दिनसम्म पदमा बहाल रहने उल्लेख छ ।

प्रकाशित : ३ आश्विन २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६