कपिलवस्तु, असोज ३
नेकपा (एमाले) का नेता तथा बाणगंगा नगर प्रमुख चक्रपाणी अर्यालले लक्ष्य विहिर हावा हुरीबाट आफुहरु बीचलित नहुने धारणा राख्नु भयो । नगर प्रमुख अर्यालले जेनजीका नाममा ब्यत्तिगत ऋषिवी साचेकाहरुबाट सार्वजनिक र नीजि सम्पत्ति तहस नहस पार्ने काम भएको तर्क गर्नु भयो । अर्यालले संसदीय ब्यवस्थाका सकारात्मक विषयवस्तुलाई गहन ढंगले विश्लेषण नगरी संसद र संविधान माथि आक्रमण गर्ने काम देशी विदेशी शक्ति केन्द्रबाट भएको तर्क गर्नु भयो । नगर प्रमुख अर्यालले युवा पुस्ताको नाममा अराजक भिडबाट भएका गतिविधीलाई कानूनी कार्वाहीमा ल्याउने दावी गर्नु भयो । अर्यालले जनताको पक्षमा निरधक्क भएर अगाडी बढनुपर्नेमा सबै पक्षसंग आग्रह गर्नु भयो ।








प्रतिक्रिया