कपिलवस्तु, असोज ३
संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा नेकपा (एमाले) निर्वाचन क्षेत्र नं. १(२) शुद्धोधन र मायादेवी गाउँपालिकाले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य मधुसुधन शरण चौधरीले लोकतन्त्रमा बदलाको भावना र कुण्ठाले होइन, कानुनको शासन पालना हुनुपर्नेमा जोड दिनुभयो ।

प्रदेशसभा सदस्य चौधरीले सबै नेपाली मिलेर अघि बढ्नु पर्ने र गल्ती गर्नेले कानुनी सजाय पाउनुपर्ने बताउनुभयो । उहाँले अहिले आन्दोलन गर्ने पुस्तासहित सबै एक ठाउँमा उभिएर राष्ट्र निर्माणमा जुट्नुपर्ने बेला आएको धारणा राख्नुभयो ।

कार्यक्रममा एमाले नेता बजरंगी प्रसाद चौधरी, जगन्नाथ चौधरी, रामविलास चौधरी, अब्दुल मुजिब खाँ, निशार अहमद खाँलगायतका नेताहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो ।








प्रतिक्रिया