कपिलवस्तु, आश्विन ३ गते
नेकपा (एमाले) कपिलवस्तुका जिल्ला अध्यक्ष बाबुराम खनाललद्धारा संविधान दिवत तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्नु भएको छ ।
जारी सन्देशमा सबै नेपालीहरूका लागि आजको दिन ऐतिहासिक दिन हो । यो संविधान, नेपाली जनताले दुई–दुर्इ पटक भएको संविधान सभाको निर्वाचनबाट ल्याएको हो । यो संविधानको पृष्ठभूमि निकै ऐतिहासिक छ । यो नेपाली जनताको ८०÷९० वर्षको आन्दोलन र सङ्घर्षको उपलब्धि हो ।
यो संविधान संस्थागत रूपमा विभिन्न राजनीतिक पार्टीहरूले २००७, २०४६ साल र २०६२÷६३ सालमा गरेका आन्दोलनको योगदानको प्रतिफल हो ।
यसर्थ संविधानको रक्षा गर्ने दायित्व राजनैतिक दलको मात्र नभई आम नेपाली दाजु भाई दिदी वहिनी सबैको साझा दायित्व हो । संविधान गतिशिल दस्तावेज पनि हो । जनताको चाहना, भावना अनुसार समय सापेक्ष यो गतिशिल दस्तावेजको रुपमा रहने गर्दछ । जारी विज्ञप्तीमा समस्याको समाधान वार्ता, सम्वादबाट खोज्नुपर्नेमा जोड दिदै राष्ट्रिय एकता संगै संविधानको पूर्ण पालनामा जोड दिएको छ ।









प्रतिक्रिया