जीवनशैली

जेनजीको भ्रष्टाचार विरोधी अभियानलाई साथ दिनु पर्छ : एमाले नेता पोख्रेल



कपिलवस्तु, असोज ६ गते।
नेकपा (एमाले) केन्द्रीय अनुशासन आयोगका सदस्य झविलाल पोख्रेलले जेनजी पुस्ताले अघि सारेको भ्रष्टाचार विरोधी अभियानलाई समर्थन गर्दै त्यसलाई सफल बनाउन सबैले आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।

शनिबार कपिलवस्तुमा आयोजित कार्यक्रममा उनले जेनजीको नाममा भइरहेको घुसपैठ, तोकफोड तथा अनियमित गतिविधि तत्काल रोक्नुपर्ने र त्यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने धारणा राखे। उनका अनुसार, मुलुकको राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा देखापरेको भ्रष्टाचारले जनताको विश्वास कमजोर बनाइरहेको छ, जसलाई अन्त्य गर्ने पहिलो कदम नै जेनजी अभियान हो।

नेता पोख्रेलले राष्ट्रियताको सवाललाई सर्वोपरि मान्नुपर्ने आवश्यकता औंल्याउँदै भने, “देशलाई बलियो बनाउन आन्तरिक विवादभन्दा माथि उठेर एकताबद्ध हुनुपर्छ। राष्ट्रियताको रक्षा र जनतामा विश्वास कायम गर्नु अहिलेको प्रमुख आवश्यकता हो।”

उनले दक्षिण र पश्चिमका शक्तिहरूले नेपाललाई अस्थिर बनाउन निरन्तर प्रयत्न गरिरहेको आरोप लगाउँदै त्यसका विरुद्ध सबै दल र राष्ट्रिय शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए। पोख्रेलका अनुसार बाह्य हस्तक्षेप रोक्न र राष्ट्रिय स्वाधीनता जोगाउन आन्तरिक एकता र सहकार्य अपरिहार्य छ।

उनले जेनजी पुस्ताले अघि सारेका सुशासन, पारदर्शिता र जवाफदेहिताका मुद्दा केवल युवा पुस्ताको चाहना नभई सम्पूर्ण नेपाली जनताको साझा आकांक्षा भएको उल्लेख गरे। पोख्रेलले पार्टीहरूलाई जनमुखी एजेण्डा आत्मसात् गर्दै, सुधारका कदम चाल्दै र भ्रष्टाचार विरोधी अभियानलाई सशक्त ढंगले अघि बढाउन आग्रह गरे।

प्रकाशित : ६ आश्विन २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६