अर्थ-वाणिज्य

विद्युत् लाइन काटेर रु एक करोड बक्यौता सङ्कलन



दमौली (तनहुँ), ६ असोजः

नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युत् काटेर बक्यौता रकम सङ्कलन गरेको छ । केन्द्रले आर्थिक वर्ष २०८१÷८२ मा विद्युत् काटेर रु एक करोड २७ लाख १५ हजार सात सय ८६ सङ्कलन गरेको हो ।

उक्त अवधिमा एक हजार ५२ सेवाग्राहीको लाइन काटिएको थियो । सोमध्ये सात सय आठ जनाले बक्यौता भुक्तानी गरेपछि पुनः जोडिएको छ । सो अवधिभरिको रु ६६ लाख २७ हजार ३३१ बक्यौताबापतको रकम उठ्न बाँकी रहेको केन्द्र प्रमुख विजयराज रेग्मीले जानकारी दिनुभयो ।

आव २०८०÷८१ मा एक हजार ४३६ जना सेवाग्राहीको लाइन काटेर रु दुई करोड ६८ लाख ४५ हजार ७०० सङ्कलन गरिएको केन्द्रले जनाएको छ । रेग्मीका अनुसार सो अवधिमा एक हजार २७३ सेवाग्राहीको लाइन पुनः जडान गरिएको थियो भने रु तीन करोड ५० लाख ५६ हजार ६७४ बक्यौता उठ्न बाँकी थियो । 

केन्द्रले आव २०८१÷८२ मा पाँच करोड ३६ लाख ५१४ विद्युत् युनिट बिक्री गरेको छ । आव २०८०÷८१ मा पाँच करोड ४० लाख ५९ हजार २१२ विद्युत् युनिट बिक्री भएको थियो । गत आवमा शून्य दशमलव ८४ प्रतिशतले कमी आएको हो । 

केन्द्रले विद्युत् बिक्री गरी आव २०८१÷८२ मा रु ५९ करोड ५८ लाख ६९ हजार ४७९ रकम सङ्कलन गरेको केन्द्र प्रमुख रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार आव २०८०÷८१ मा रु ५३ करोड ९४ लाख ३३ हजार ९३६ सङ्कलन भएको थियो । 

चार्जिङ स्टेसनतर्फ १४ ग्राहक सङ्ख्या रहेकामा सात लाख एक हजार २८६ युनिट विद्युत् बिक्री भएको रेग्मीले बताउनुभयो । सोबापत रु ५३ लाख ३३ हजार ९२९ रकम बिक्री भई रु ५४ करोड ११ लाख ९२५ सङ्कलन भएको थियो । केन्द्रमा एक वर्षको अवधिमा दुई हजार ५०३ ग्राहक थपिएका छन् । थपिएकासहित जिल्लाभर कूल ५३ हजार भन्दा बढी सेवाग्राही पुगेका केन्द्र प्रमुख रेग्मीले जानकारी दिनुभयो । 

उहाँका अनुसार घरेलुग्राहक दुई हजार २५६, व्यापारिक ३१, गैरव्यापारिक ३७, औद्योगिक ३७, यातायात (इभी) १०, खानेपानी ४१, सिँचाइ २६, धार्मिक तथा सांस्कृतिक १६, अस्थायी बत्ती १४ र सडक बत्ती ३५ गरी दुई हजार ५०३ सेवाग्राही सङ्ख्या थपिएको छ । 

थपिएका सहित केन्द्रको कार्यक्षेत्रभित्र घरेलुग्राहक ५१ हजार ७५, व्यापारिक तीन सय ५५, गैरव्यापारिक पाँच सय ६७, औद्योगिक सात सय ८१, यातायात (इभी) ११, खानेपानी दुई सय ३२, सिँचाइ तीन सय ८२, धार्मिक तथा सांस्कृतिक दुई सय १९, अस्थायी बत्ती १६, सडक बत्ती दुई सय आठ, सामुदायिक एक र आन्तरिक १३ ग्राहक पुगेका केन्द्रले जनाएको छ । 

प्रकाशित : ७ आश्विन २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६