अर्थ-वाणिज्य

सञ्चारमन्त्री खरेलद्वारा विज्ञापन बोर्डको सेवा प्रवाहका बारेमा जानकारी



काठमाडौँ, ११ असोज

विज्ञापन बोर्डलाई थप व्यवस्थित बनाउँदै प्रदेश र स्थानीय तहको सहभागितामा विज्ञापन कर संकलनको प्रबन्ध गर्ने विषयमा छलफल भएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार बोर्डको सेवा प्रवाहका बारेमा जानकारी लिनुभएको थियो । सो अवसरमा मन्त्री खरेलले बोर्डलाई थप प्रभावकारी बनाउन सरकारको तर्फबाट सहयोग हुने बताउनुभएको थियो ।

सञ्चारमन्त्री खरेलले बोर्डले सम्पादन गरिरहेका काम कारवाहीका बारेमा जानकारी लिनुभएको बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले जानकारी दिनुभयो ।

सो अवसरमा बोर्डका तर्फबाट सञ्चारमन्त्री खरेल समक्ष आमसञ्चार माध्यम, होर्डिङ बोर्ड, सामाजिक सञ्जाल र मेला महोत्सवमा हुने विज्ञापनको नियमन तथा व्यवस्थापनमा विषयमा छलफल भएको थियो ।

      प्रदेश सरकार र स्थानिय तहको सहभागीता गराई विज्ञापन बजारलाई व्यवस्थित बनाउन र विज्ञापन कर स्थानीय तहबाटै संकलन हुने व्यवस्थाकालागि मन्त्री खरेल समक्ष अनुरोध गरिएको अध्यक्ष हुमागाईले उल्लेख गर्नुभयो ।

प्रकाशित : ११ आश्विन २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६