खेलकुद

‘एनपीएल ट्रफी टुर’ चितवनमा



नारायणगढ (चितवन), ५ कात्तिक

नेपाल प्रिमियर लिग (एनपीएल) ट्रफी टुर अन्तर्गत ट्रफी आज चितवन आइपुगेको छ । फ्रेन्चाइज टिम चितवन राइनोजले नारायणगढको क्याम्पाचौरमा आयोजित विशेष कार्यक्रममा ट्रफी अनावरण गर्दै बाइक ¥यालीसहित टुरको सुरुआत गरेको हो ।

राइनोजका निर्देशक प्रताप देवकोटाका अनुसार राइड फर राइनोज नाम दिइएको उक्त ¥याली क्याम्पाचौरबाट सुरु भई आँपटारी, पुलचोक, लायन्सचोक, सिएमसी, हाकिमचोक, गोन्द्राङ, निपनी, टाँडी हुँदै पर्यटकीय गन्तव्य सौराहामा पुगेर सम्पन्न गरिन लागिएको हो ।

सो अवसरमा चितवन राइनोजका रिजन ढकाल, गौतम केसी र रञ्जित कुमार औपचारिक रूपमा प्रस्तुत भएका थिए ।  त्यस्तै चितवन महिला क्रिकेट टिमकी कप्तान हेलिशा गुरुङ, नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा र नायिका निति शाहलाई राइनोजले नयाँ अनुहारका रूपमा टिममा समावेश गरी ब्रान्ड एम्बासडरका रूपमा सार्वजनिक गरेको छ ।

एनपीएल ट्रफी टुर यसअघि पूर्वको विराटनगरबाट सुरु भए पनि प्रदर्शनपछि स्थगित गरिएको थियो । हाल पुनः जनकपुरबाट सुरु भई हेटौंडा हुँदै ट्रफी चितवन आइपुगेको हो ।

प्रकाशित : ६ कार्तिक २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६