ब्रेकिंग न्युज

राहत रकम दाखिला गर्ने दाताहरु बढ्दै



काठमाडौँ, २३ भदौ

भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापना गर्न प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम दाखिला गर्ने दाताहरुको सङ्या बढ्दै गएको छ । काठमाडौँ : नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले अर्थमन्त्री डा वाग्लेमार्फत रु ५० लाख प्रधानमन्त्री दैविप्रकोप राहत कोषमा जम्मा गरेको छ । उक्त रकम नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले आज अर्थमन्त्रीलाई प्रदान गर्नुभएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा नाइमाका बोर्ड सदस्यद्धय यमुना श्रेष्ठ र हेमन्त गोल्छा, कार्यकारी निर्देशक राजकुमार दुलाललगायतको सहभागिता थियो । नेपाल भलिबल लिग (एनभिएल) ले पहिलो दिनको टिकट बिक्रीबाट जम्मा भएको रु पाँच लाख ९० हजार १५० राहत कोषमा दाखिला गरेको छ । भोजपुरः हतुवागढी गाउँपालिकाले रु २४ लाख ५३ हजार ५०४ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको छ । पालिकाले उक्त रकम जनप्रतिनिधि, कर्मचारी तथा स्वास्थ्य कर्मीको मासिक तलबबाट सङ्कलन गरी जम्मा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिनुभयो । चितवनः कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाले रु ४६ लाख राहत कोषम जम्मा गरेका छन् । पालिकाले उक्त रकम जनप्रतिनिधि, कर्मचारी तथा स्वास्थ्यकर्मीको मासिक तलबबाट सङ्कलन गरी जम्मा गरिएको इच्छाकामना गाउँपालिकाका प्रमुख विनोद रेग्मीले जानकारी दिनुभयो । गाउँपालिकाले भोटेकोशी बाढीमा परी बेपत्ता भएका परिवारको खोजीका लागि थप जनही रु २५ हजार सहयोग गर्नेभएको छ । पालिकाले आफ्नो पालिकामा स्थायी बसोबास भई भोटेकोशी नदीको बाढीमा परी बेपत्ता भएकाको खोजीका लागि सहयोग गर्न लागेको हो । चितवनका ७५० कैदीबन्दीले भोटेकोशी बाढीबाट प्रभावित १२५ परिवारलाई रु तीन लाख ६७ हजार ३६ बराबरको बन्दो बस्तीका सामान खरिद गरी सहयोग गरेका छन् । प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई सोमबार कारागार परिषरभित्र बन्दीहरुले उक्त सामाग्री हस्तान्तरण गरेका हुन । उहाँहरुले डसना, ब्लाङ्केट, तन्ना, सिरानी, सिरानीको खोल, गम्छा, नङ्कटर, साबुन, ब्रस, मञ्जन र काहियो उपलब्ध गराएका छन् । वीरगञ्जः पर्सा जिल्लाका दुई मेडिकल कलेजले संयुक्त रुपमा रु ७५ लाख राहत कोषमा दाखिला गरेका छन् । नेशनल मेडिकल कलेज वीरगञ्ज र नेपाल मेडिकल कलेज, काठमाडौँले उक्त रकम जम्मा गरेको नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारीले जानकारी दिनुभयो । वीरगञ्ज सुनचाँदी व्यवसायी तथा समाजसेवी नीरज सर्राफले रु दुई लाख ५१ हजार राहत कोषमा दाखिला गरेका छन् । साउथ जोन माध्यमिक विद्यालयले रु एक लाख ५५ हजार ५५३ कोषमा जम्मा गरेका छन् । उक्त रकम सो विद्यालयमा पढ्ने विद्यार्थी, अभिभावक तथा कर्मचारी एवं शिक्षकको स्वेच्छिक सहयोगबाट सङ्कलन गरिएको हो । यहाँका विभिन्न क्लबले जम्मा गरेका रु ९५ हजार ७८३ कोषमा जम्मा गरिएको छ । हुम्लाः बाढीपीडितको राहतका लागि हेड नेपाल, हुम्लाले रु ५१ हजार १११ राहत कोषमा दाखिला गरेको हेड नेपाल, हुम्लाका प्रमुख छिटुप लामाले बताउनुभयो । उक्त रकम जिल्ला प्रशासन कार्यालय, हुम्लामार्फत औपचारिक रूपमा कोषमा हस्तान्तरण गरिएको हो । बागलुङः काठेखोला गाउँपालिकाको समन्वयमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख एक हजार २७५ कोषमा दाखिला भएको छ । बिहुँकोट अन्तरराष्ट्रिय समाज, बिहुँकोटले रु पाँच लाख तथा काठेखोला गाउँपालिका–२ भीमापोखराका जनप्रतिनिधि, स्थानीय आमा समूह, वन उपभोक्ता समिति, सामुदायिक समूह तथा समाजसेवीबाट रु एक लाख एक हजार २७५ गरी कूल छ लाख एक हजार २७५ कोषमा दाखिला गरिएको गाउँपालिका अध्यक्ष राजु थापाले जानकारी दिनुभयो । —

Powered By  Orson Infotech

प्रकाशित : २३ भाद्र २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६