ब्रेकिंग न्युज

जेनजी सहिद योगेन्द्रको च्याकुटारमा शालिक अनावरण



काठमाडौँ, २२ भदौ

देशका सुशासन प्रवर्द्धन र भ्रष्टाचार विरुद्ध नवपुस्ताको आह्वानमा गत वर्षको भदौ २३ गते नयाँ बानेश्वरमा भएकोे जेनजी आन्दोलनका सहिद योगेन्द्र न्यौपाने (रोशन)को शालिक अनावरण गरिएको छ । उहाँको जन्मथलो सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ च्याकुटारवेसीस्थित सुनकोशी किनारको उकास जग्गामा निर्माण गरिएको शालिकको गाउँपालिका अध्यक्ष शङ्करराज बराल र उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानले आज अनावरण गर्नुभएको हो । सोही कार्यक्रममा त्यहाँ निर्माण गरिएको सहिद स्मृति पार्कको उद्घाटन गरियो । सिन्धुली स्थायी घर भई भक्तपुरको चाँगुुनारायण नगरपालिका–१ दुवाकोट बस्दै आउनुभएका रोशनको मुलुकको आवश्यकता र आम जनताको मागलाई कार्यान्वयन गर्न दबाब सिर्जना गर्न नवपुस्ताद्वारा नयाँ बानेश्वरमा आयोजित आन्दोलनमा सहभागी हुँदा गोली लागि निधन भएको थियो । गोलञ्जोरकै स्थानीय प्राथमिक विद्यालयका शिक्षक एवं रोशनका पिता युवराज न्यौपाने सुरु गर्नुभएको शालिक र स्मृति पार्क निर्माणमा पालिकाले रु पाँच लाख सहयोग उपलब्ध गराएको थियो । सरकारले उक्त आन्दोलनका क्रममा नवपुस्ताबाट भएको बलिदानीको कदर गर्दै आज सार्वजनिक बिदासहित जेनजी सहिद दिवस मनाएको छ ।

प्रकाशित : २३ भाद्र २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६