ब्रेकिंग न्युज

बाँकेमा प्रदेश सरकारद्वारा १५ पुल निर्माण



नेपालगञ्ज (बाँके), २३ भदौ :

लुम्बिनी प्रदेश सरकारले बाँके जिल्लामा सङ्घीयता कार्यान्वयन भएयता १५ वटा पक्की पुल निर्माण गरेको छ । पुल निर्माणसँगै ग्रामीण तथा दुर्गम क्षेत्रका हजारौँ स्थानीयवासीको आवागमन सहज भएको प्रदेश भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको सडक पूर्वाधार विकास कार्यालय, बाँकेले जनाएको छ । उक्त कार्यालयका प्रमुख चन्द्रबहादुर शाहका अनुसार निर्माण सम्पन्न बाहेक दुई वटा निर्माणाधीन पुल अन्तिम चरणमा छन् भने थप दुई वटा पुल निर्माणका लागि बहुवर्षीय ठेक्कासमेत आह्वान भइसकेको छ । उहाँका अनुसार बैजनाथ गाउँपालिका–६ स्थित जेठी नाला र कोहलपुर नगरपालिका–१३ को गेरुवा खोलामा पुल निर्माण भइरहेको छ । स्थानीय आवश्यकता र मागका आधारमा प्रदेश सरकारले पुल निर्माणलाई प्राथमिकतामा राखेको छ । “स्थानीयको आवश्यकता र मागलाई आधार बनाएर पुल निर्माणका योजना छनोट गरी कार्यान्वयन गरिरहेका छौँ”, कार्यालय प्रमुख शाहले भन्नुभयो, “पुल निर्माण सम्पन्न भएपछि वर्षायाममा समेत आवागमनमा सहजता भएको छ ।” कार्यालयका अनुसार डुडुवा नाला, जेठी नाला, किरण नाला, गौरी नाला, गेरुवा नाला, गडगैचा नाला, गन्धैला नाला, दोन्द्रा नाला र रोहिणी खोलामा पुल निर्माण भएको छ । जेठी नालाअन्तर्गत चार वटा पुल निर्माण पूरा भइसकेको छ भने सोही क्षेत्रमा एचगाउँमा अर्को पक्की पुल निर्माणाधीन छ । यस अवधिमा खजुरा गाउँपालिका–२ सिगाउँस, खजुरा–४ चल्तुवा–सिर्जनाटोल तथा साइगाउँमा पक्की पुल निर्माण गरिएको छ । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रत्न खत्रीले प्रदेश सरकार गठनपछि पुल निर्माणको क्षेत्रमा उल्लेख्य प्रगति भएको बताउनुभयो । उहाँले प्रदेशका विभिन्न जिल्लामा दर्जनौँ पुल निर्माण भएपछि यातायात सञ्चालनमा सहजता आएको उल्लेख गर्नुभयो । मन्त्री खत्रीले भन्नुभयो, “पुल निर्माणसँगै नागरिकको आवागमन र सवारीसाधन सञ्चालनमा सहजता भएको र प्रदेश सरकारले पुलसँगै सडक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ

प्रकाशित : २३ भाद्र २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६