अर्थ-वाणिज्य

१६औँ कपिलवस्तु महोत्सव कलाकारको धमाकेदार प्रस्तुति, डान्स आइडलमा कडा प्रतिस्पर्धा



कपिलवस्तु, २६ मंसिर

बाणगंगास्थित बुद्ध रंगशालामा जारी १६औँ कपिलवस्तु महोत्सवमा राष्ट्रिय कलाकारले दर्शकलाई झुमाएर महोत्सवको माहोल झनै रौनकपूर्ण बनाएका छन्। “कृषि, उद्योग, पर्यटन तथा खेलकुदमा लगानी—युवाको हातमा सुनौलो विहानी” भन्ने मूल नारासहित मंसिर १८ गतेदेखि सुरु भएको महोत्सव कपिलवस्तुमा उत्साह, मनोरञ्जन र प्रतिस्पर्धाको केन्द्र बनेको छ।
रचना रिमालदेखि सम्झना भण्डारीसम्म ः दर्शक झुमे, चिसो साँझलाई मात दिँदै स्टेजमा आएका चर्चित कलाकार— रचना रिमाल, सम्झना भण्डारी, बाबुकृष्ण परियार, आइडल प्रतिस्पर्धी तथा स्थानीय कलाकारहरूले एकपछि अर्को दमदार प्रस्तुति दिए। लोकप्रिय गीत सुन्दा दर्शकहरू खुसीले नाचे, गाए र ठट्ठा–मस्करीले रंगशाला झनै जीवन्त बनेको थियो । आकर्षक लाइनअप ः टंक तिमिल्सिना, सोनु कुस्मी, विष्णु सिंजाली, राष्ट्रिय गायक टंक तिमिल्सिना, राष्ट्रिय थारु गायिका सोनु कुस्मी, लोकदोहोरी गायक विष्णु सिंजाली र स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने निर्देशक बुद्धिबहादुर रोकाहाले जानकारी दिए।
डान्स आइडल ः प्रतिस्पर्धी सुदिप्ती न्यौपाने बाहिरिन् बुधबार भएको रोमाञ्चक प्रस्तुति पछि प्रतियोगी नं. १२ सुदिप्ती न्यौपाने आइडल यात्राबाट बाहिरिएकी छन्। निर्णायक र दर्शक भोट दुवैको ५०–५० प्रतिशत समीकरणमा उनी पछाडि परिन्।
मुख्य निर्णायक हरिशरण रिजालका अनुसार मंगलबार १० जना प्रतिस्पर्धीले उच्चस्तरको प्रस्तुति दिए। अब ९ जना टप प्रतिस्पर्धी बीच बिहीबार कडा प्रतिस्पर्धा हुने छ।
प्रतिस्पर्धा गर्ने प्रतियोगीहरू ओजस्वी क्षेत्री, सचिन परियार, कविता खत्री, रंजिता क्षेत्री, गिताञ्जली मगर, समृद्धि पन्त, अपराजिता घिमिरे, अर्पिता पोख्रेल, खुसी थारु रहेका छन् ।
१४औँ कपिलवस्तु डान्स आइडलको पुरस्कार ः १ कत ः रु १,३१,१३१ + चाँदीको टोपी, २लम ः रु ८१,१८१, ३चम ः रु ६१,१६१, सान्त्वना ः रु ३१,१३१ + मेडल, प्रमाणपत्र, गिफ्ट, ४ जनालाई राष्ट्रिय म्युजिक भिडियोमा अभिनयको अवसर, अन्तिम प्रतिस्पर्धा पुस १ गते अब बाँकी प्रतिस्पर्धीमध्ये कोले ताज पहिरने ? भन्ने रोमान्चक प्रश्नमा दर्शकको उत्सुकता बढ्दै गएको छ । फाइनल पुस १ गते घोषणा हुनेछ।

प्रकाशित : २७ मंसिर २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६