पर्यटन

ठमेलमा आजदेखि ‘निर्यात मेला’



काठमाडौँ, २० पुस

दसौँ निर्यात दिवसका अवसरमा राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा दुईदिने ‘निर्यात मेला’ सुरु भएको छ । नेपाल निर्यात परिषद्को आयोजना, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र नेपाल हस्तकला महासङ्घको सहकार्यमा आजदेखि दुईदिने निर्यात मेला सुरु भएको हो । मेलाको उद्घाटन कार्यक्रममा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरद्विक्रम राणाले विश्व बजारमा नेपाली सामान निर्यात गर्ने नेपाल निर्यात परिषद्ले खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो । विदेशमा सामान निर्यातका क्रममा देखिएका झन्झटलाई समाधान गर्नका लागि व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले काम गर्दै आइरहेको उहाँको भनाइ थियो । नेपाल हस्तकला महासङ्घका अध्यक्ष रवीन्द्र शाक्यले नेपालमा उत्पादित हस्तकलाका सामानलाई विदेशमा निर्यात गर्न परिषद्सँग महासङ्घले सहकार्य गरिरहेको बताउनुभयो । निर्यात परिषद्का वरिष्ठ उपाध्यक्ष डा रामशरण थपलियाले विदेशी मुद्रा भित्र्याउने निर्यातजन्य वस्तुमा सरकारले दिइरहेको नगद अनुदान रोकिँदा व्यवसायीहरु मर्कामा परेको बताउनुभयो । उहाँले नगद अनुदान रोक्ने सरकारको निर्णय तत्काल सच्याउन मागसमेत गर्नुभयो । मेलामा हस्तकलाका सामान, फेल्ट, धातुका सामग्री, गार्मेन्ट, नेपाली ढाकाका कपडा, उलनका हाते उत्पादनका सामग्रीलगायत २० कक्ष राखिएको परिषद्का महासचिव हरि ढकालले जानकारी दिनुभयो । सोमबारसम्म चल्ने मेलामा सामग्री प्रदर्शन, बिक्रीवितरण र विदेशी व्यवसायीसँग छलफल हुनेछ । नेपालबाट आर्थिक वर्ष २०८१÷८२ मा रु दुई खर्ब ७७ अर्ब तीन करोड र चालु आवको चार महिनामा रु ९३ अर्ब ५० करोडको सामान विभिन्न मुलुक निर्यात भएको तथ्याङ्क छ ।

प्रकाशित : २० पुस २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६