रामु पौडेल
बाणगंगा, कपिलवस्तु १, माघ
“भोक विरुद्धको मानवताको अभियान” अन्तर्गत आज कार्यक्रमको पहिलो दिन बाणगंगा नगरपालिकाका नगर प्रमुख श्री चक्रपाणी अर्याललको प्रमुख आतिथ्यतामा लक्षित समुदायका घरबारविहीन, असहाय तथा सडक मानवहरूलाई खिचडी खुवाई कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको छ।
मानवता मूलक सेवामार्फत समाजमा करुणा, सहकार्य र सामाजिक उत्तरदायित्वको सन्देश प्रवाह गर्ने उद्देश्यले सुरु गरिएको यस अभियानलाई नगर प्रमुख अर्यालले खिचडी वितरण गर्दै उद्घाटन गर्नुभयो। उहाँले यस्ता अभियानले समाजमा आपसी सद्भाव, सहानुभूति र जिम्मेवारीको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो।
कार्यक्रममा पर्यटन विज्ञ एवम् संघका वरिष्ठ सल्लाहकार पोमनारायण पौडेल, कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष गणेश क्षेत्री, लायन्स क्लब अफ कपिलवस्तुका अध्यक्ष नारायण पौडेल, समाजसेवीहरू दोलखराम घिमिरे, सागर श्रेष्ठ, यज्ञ भट्टराई, देवी घिमिरे, मनु रसाइली, मनोज पौडेल, सुरेन्द्र घिमिरे, शान्ताराज गैरे, बैरिया युवा समाजका अध्यक्ष महेशराज पन्त, पत्रकार पशुपति गिरी लगायत अग्रज समाजसेवी, उद्यमी व्यवसायी, युवा अभियन्ता तथा संघ–संस्थाका पदाधिकारी र सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको संघका अध्यक्ष रविन्द्र पौडेलले जानकारी दिनु भयो ।
उपस्थित सबैले “सेवामै धर्म, करुणामै शक्ति” भन्ने भावनालाई आत्मसात गर्दै अभियानप्रति ऐक्यबद्धता जनाएका थिए।
अभियान सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरू प्रति आयोजक होटल तथा पर्यटन ब्यवसायी संघ कपिलवस्तुका अध्यक्ष रविन्द्र पौडेलले धन्यवादन ब्यक्त गर्नु भएको छ।








प्रतिक्रिया