खोज–अनुसन्धान

एउटै विद्यालयका पाँच जनालाई विद्यावारिधि



झापा, ४ माघ

मेचीनगर नगरपालिका–९ खुट्टीडाँगीस्थित एउटै टोलका पाँच जनाले विद्यावारिधि गरेका छन् । विद्यावारिधि गर्नेमा डा टीका भण्डारी, डा हरिप्रसाद कट्टेल, डा जीवनमणि पौडेल, डा केदारमणि नेपाल र डा डिल्लीराम भण्डारी हुनुहुन्छ । पाँचै जनाले कवि शिरोमणि माध्यमिक विद्यालयबाट माध्यमिक तहको शिक्षा पूरा गर्नुभएको थियो । उहाँहरूको घर एउटै वडाको एउटै टोलमा रहेको छ । सङ्गीतकार, गायक एवं रेडियो नेपालका पूर्वनिर्देशक डा टीका भण्डारीले विद्यावारिधि हासिल गरेर वडाको शैक्षिक पहिचानलाई समेत चिनाउन पाएकामा गर्व अनुभूति भएको बताउनुभयो । कवि शिरोमणि माविमा अध्ययन पूरा गरेका समकालीन पाँच विद्यार्थीलाई पढाइको उपल्लो खुट्किलो मानिएको विद्यावारिधि तह पूरा गर्न विद्यालय र आफ्नो गाउँको वातावरणले महत्त्वपूर्ण प्रेरणा प्रदान गरेको डा हरिप्रसाद कट्टेल बताउनुहुन्छ । पाँचै जना सानैदेखि आपसमा मिल्ने र पढाइमा जेहेन्दार रहेको उहाँले बताउनुभयो । उहाँहरूले विद्यावारिधि गरेको विषय भने फरकफरक रहेको छ । कवि शिरोमणि विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष सङ्गीता थापाले एउटै विद्यालयका पाँच जनाले विद्यावारिधि गरेको खबरले नयाँ पुस्ताका विद्यार्थीलाई मिहिनेत गरेर पढ्नका लागि प्रेरणा मिलेको बताउनुभयो । “एउटै वडाका एउटै विद्यालय पढेका पाँच साथीले यती ठूलो शैक्षिक सफलता पाउनु समग्र वडाकै गौरवको विषय हो”, थापाले भन्नुभयो ।

प्रकाशित : ५ माघ २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६