अन्तर्वार्ता

प्रहरीले प्रदान गर्ने सेवा गुणस्तरीय बनाउन निर्देशन



नेपालगन्ज (बाँके), २१ माघः नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीले प्रदान गर्ने सेवा गुणस्तरीय बनाउन निर्देशन दिनुभएको छ ।
इलाका प्रहरी कार्यालय, कोहलपुमा आज आयोजना भएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, नवनिर्मित भवनको शुभारम्भ गर्दै उहाँले नागरिकको सेवा गर्ने भावनाका साथ अनुशासित भई व्यावसायिक र उच्च निष्ठाका साथ कार्य सम्पादन गर्न आग्रह गर्नुभयो ।
महानिरीक्षक कार्कीले भन्नुभयो,“प्रहरी सेवा मात्रै होइन, यो एउटा जीवनशैली पनि हो । त्यसैले सत्य, निष्ठा, सेवाभाव र सुरक्षाको प्रत्याभूत गर्न जोस र जाँगर चाहिन्छ । नागरिकको सेवा र सुरक्षाका लागि राज्यका प्रतिनिधिका रूपमा गाउँगाउँमा प्रभावकारी काममा ध्यान दिनुस् ।”
उहाँले हिंसामा परेका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई सेवा दिँदा गोपनीयतालाई समेत कायम राख्नेगरी संयन्त्र निर्माण गरिने विश्वास व्यक्त गर्नुभयो ।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलगायतले प्रहरीलाई जनमैत्री हुन सुझाव दिनुभएको थियो ।
उक्त भवन बेलायत सरकारको सहयोगमा रु दुई करोड १४ लाख ७३ हजार १०७ लगातमा निर्माण भएको हो । यसअघि महानिरीक्षक कार्कीले कपिलवस्तुमा पनि नवनिर्मित भवनको शुभारम्भ गर्नुभएको थियो ।

प्रकाशित : २३ माघ २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६