ब्रेकिंग न्युज

देउखुरीमा अटोरिक्सा र टिपर ठोक्किँदा एक जनाको मृत्यु, पाँच घाइते



घोराही (दाङ), २९ माघः देउखुरीको कालाकाटे क्षेत्रमा अटोरिक्सा र टिपर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।
गढवास्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार गढवा गाउँपालिका–१ कालाकाटेका ३६ वर्षीय अटोरिक्सा चालक जोरकुमार पुनको मृत्यु भएको हो ।
भालुवाङबाट कालाकाटेतर्फ गइरहेको टिपरले विपरीत दिशाबाट आइरहेको अटोरिक्सालाई ठक्कर दिएको हो । दुर्घटनामा संलग्न टिपर र चालकलाई नियन्त्रणमा लिइएको छ ।

प्रकाशित : ३० माघ २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६