ब्रेकिंग न्युज

सामाजिक एकता, खेलकुद र पहिचान निर्माणमा अब्बल बन्दै बाणगंगा



कपिलवस्तु ४ फाल्गुण

बाणगंगा नगरपालिकाले सामाजिक एकता, खेलकुद र पहिचान निर्माणमा अब्बल सावित गरेको छ । आ.व. २०८१÷०८२ मा सार्वजनिक गरेको तथ्यलाई अध्ययन गदर्न नगरपालिकाले नगर परिसरमा कपडा बैंक स्थापना, नगर लोगो प्रयोग, नगर गान तयारी, मेयर कप फुटबल र उपमेयर कप भलिबल प्रतियोगिताले सामाजिक एकता र स्थानीय पहिचानलाई प्रवद्र्धन गरेको बताउनुहुन्छ नगर उपप्रमुख रिता कुमारी चौधरी ।
त्यस्तै दुधमा आत्मनिर्भर नगर घोषणा र उत्कृष्ट विद्यालय तथा सहकारी पुरस्कारले आर्थिक र सामाजिक क्षेत्रमा प्रेरणा थपेको प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीको तर्क रहेको छ । नगरले सार्वजनिक गरेका तथ्यहरुले बाणगङ्गा नगरपालिका सुशासन, समावेशी सेवा, प्रविधिमैत्री प्रशासन र दीर्घकालीन विकासको सन्तुलित अभ्यास गर्ने स्थानीय तहको रूपमा स्थापित हुँदै गएको नगर प्रमुख चक्रपाणी अर्यालको भनाइ रहेको छ। यी तथ्यहरुले बाणगंगा नगरपालिका सामाजिक एकता, खेलकुद र पहिचान निर्माणमा अब्बल सावित भएको छ ।

प्रकाशित : ४ फाल्गुन २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६