अन्तर्वार्ता

छैटौैँ कटारी गोल्डकपः झापा सेमिफाइनल प्रवेश



कटारी (उदयपुर), ३० चैतः उदयपुरको कटारीमा शनिबारदेखि जारी छैटौँ कटारी अन्तरराष्ट्रिय आमन्त्रित मेयर गोल्डकप नकाउट फुटबल प्रतियोगितामा चात्या फुटबल क्लब झापा सेमिफाइनल प्रवेश गरेको छ । आज सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन च्याम्पियन ब्वाइज काठमाडौँलाई ३–२ गोल अन्तरले पराजित गर्दै झापाले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । खेलको पहिलो हाफमा च्याम्पियनका लागि १० मिनेटमा सविन राईले गोल गर्दै अग्रता लिएका थिए । तर पहिलो हाफको अतिरिक्त समयमा झापाका लागि फागुराम थारुले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । दोस्रो हाफ सुरु भएलगत्तै झापाका मिलन राईले गोल गरेर अग्रता लिए । पुनः च्याम्पियनका लागि दगेन राईले दोस्रो हाफको २३औँ मिनेटमा गोल गरेर बराबरी बनाएका थिए । दोस्रो हाफको ३०औँ मिनेटमा झापाका लागि मिलन लिम्बूले गोल गरेपछि झापाको गोल सङ्ख्या तीन पुगेको हो । त्यसपछि दुवै टिमबाट गोल हुन सकेन । आजको खेलको म्यान अफ द म्याच झापाका मिलन राई घोषित भएका छन् । उनलाई आयोजक कटारी नगर खेलकुद विकास समितिका अध्यक्ष दीपक राईले नगद पाँच हजारका साथमा ट्रफी र मेडल प्रदान गर्नुभयो । प्रतियोगिताको विजेताले नगद रु पाँच लाखका साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् । त्यसैगरी उपविजेताले नगद रु तीन लाखका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । आठ टिम सहभागी प्रतियोगिता आगामी वैशाख ५ गते सम्पन्न हुने समितिका उपाध्यक्ष राजकुमार थापा क्षेत्रीले बताउनुभयो । प्रतियोगिताको पहिलो चरणको अन्तिम खेल मङ्गलबार केराबारी फुटबल क्लब, मोरङ र पाँचौँ कटारी गोल्डकपको उपविजेता शलेस युथ क्लब सिरहाबीच हुनेछ ।

प्रकाशित : १ बैशाख २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६