खेलकुद

तेस्रो ‘जेपिसी’ कपको उपाधि आयोजक जनप्रियलाई



म्याग्दी, ५ वैशाख

तेस्रो ‘जेपिसी’ कप फुटबल प्रतियोगितामा आयोजक जनप्रिय मावि भूतपूर्व विद्यार्थी परिवार च्याम्पियन भएको छ । जिल्लाको मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा आज सम्पन्न फाइलन खेलको निर्धारित ९० मिनेटको समयमा पश्चिम म्याग्दी युवा क्लब र जनप्रियका खेलाडीबाट एक÷एक गोल भएपछि खेल ‘ट्राइब्रेकर’मा धकेलिएको थियो । त्यस क्रममा एकका विरुद्ध दुई गोल गर्दै जनप्रिय परिवारले उपाधि जितेको हो । प्रतियोगिताको विजेता रु एक लाख ५१ हजार १११ र उपविजेतालाई रु ८१ हजार १११ सहित दुवै टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिएको आयोजक टोलीका संस्थापक सचिव रमेश पुनले जानकारी दिनुभयो । कार्यक्रममा मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा र आयोजक टोलीका अध्यक्ष कुशल घर्तीलगायतले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगिताको उत्कृष्ट खेलाडीमा पश्चिम म्याग्दीका बिपीन कार्की र ‘डिफेण्डर’मा जेपिसीका सङ्गम ठकुरी हुनुभयो भने पश्चिम म्याग्दीका सनिष बुढाले प्रतियोगिता अवधिभर सबैभन्दा धेरै चार गोल गर्नुभयो । जेपिसीका अञ्जन क्षेत्री उत्कृष्ट गोलरक्षक र हिराजित स्मृति क्लब अनुुशासित टोली बनेको छ । नयाँ वर्ष २०८३ का अवसरमा वैशाख १ गतेदेखि सुरु भएको प्रतियोगितामा २५ समूहले सहभागिता जनाएका थिए ।

प्रकाशित : ५ बैशाख २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६