खेलकुद

चन्द्रगढी महिला गोल्डकपः आर्मी विजयी



भद्रपुर (झापा), ५ वैशाखः मेची रङ्गशालामा आजदेखि सुरु भएको प्रथम ‘ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप’ फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लब विजयी भएको छ । विभागीय टोली आर्मीले आरएस पोखरा एफसीमाथि ६–० गोलको सहज जित निकालेको हो । खेल सुरु भएको ११औँ मिनटमा दीपा शाहीले पहिलो गोल गर्दै आर्मीलार्ई अग्रता दिलाइन् । खेलको २६औँ र २८औँ मिनेटमा आर्मीका लागि विमला चौधरीले लगातार गोल गर्दैै टोलीलाई ३–० को स्कोर बनाइन् । यस्तै ३५औँ मिनेटमा चन्द्रा भण्डारीले अर्को गोल थप्दै पहिलो हाफमा आर्मीलाई ४–० को अवस्थामा पुर्याइन् । दोस्रो हाफमा जेनिफर राना मगरले ५०औँ मिनेटमा गोल थपिन् भने ६२औँ मिनेटमा चन्द्रा भण्डारीले अर्को गोल गर्दै टोलीको जित सुनिश्चित गरिन् । खेल अवधिभर आरएस पोखराले प्रभावशाली प्रदर्शन गर्न नसक्दा विपक्षी पोस्टमा आक्रमण गर्न सकेन । खेलको प्लेयर अफ दी म्याच आर्मीकी विमला चौधरी घोषित भइन् । उनले नगद रु ११ हजार प्राप्त गरिन् । प्रतियोगिताअन्तर्गत आइतबार भुटानको थिम्पु सिटी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, आरएस पोखरा फुटबल क्लब, थिम्पु सिटी क्लब, चर्च ब्वाइज युनाइटेड, नेपाल पुलिस क्लब, आयोजक चन्द्रगढी युवा क्लब, भारतको रानी लक्ष्मीबाई स्पोट्र्स एकेडेमी, सशस्त्र प्रहरीको एपिएफ क्लब, सङ्कटा फुटबल क्लब र पदमा स्पोट्र्स क्लबको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले रु ११ लाख र उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् । साथै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई रु एक लाख तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही रु २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित : ६ बैशाख २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६